बेलायतमा युवा बेरोजगारी बढेपछि…

काठमाडाैँ। बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको सङ्ख्या १० लाख नजिकै पुगेको र यहाँ यसवाहरूबिच ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम बढेको छ।

समस्या समाधानका लागि कुनै पहल नगरिएमा सन् २०३१ सम्ममा रोजगारी, शिक्षा वा तालिममा नजाने १६ देखि २४ वर्ष उमेर समूहका युवाको सङ्ख्या १२ लाख ५० हजार अर्थात् हरेक ६ युवामध्ये एक जनामा यो समस्या रहने हालै सार्वजनिक प्रतिवेदनले चेतावनी दिएको छ।

प्रधानमन्त्री केइर स्टार्मरले गत वर्ष बढ्दो युवा बेरोजगारीको कारण बुझ्नको लागि समीक्षा गरेका छन्। “हामी ‘लस्ट जेनेरेसन’को पुस्ताको जोखिममा छौँ,” समीक्षाको नेतृत्व गर्ने लेबर पार्टीका पूर्व क्याबिनेट मन्त्री एलन मिलबर्नले बिहीबार रिपोर्ट प्रस्तुत गर्नुअघि भने।

उनले भने, “यो युवाहरूको असफलता होइन। यो विगतमा अड्किएको व्यवस्थाको असफलता हो।” रिपोर्ट अनुसार बेलायतका युवाहरू ‘रोजगारीको अवसरको सिढीको पहिलो खुड्किलो’ मा पुग्न सङ्घर्ष गरिरहेका छन् र १२ लाख ५० हजार बेरोजगार युवामध्ये ८४ प्रतिशत युवाले जागिर वा प्रशिक्षणमा जोडिन चाहन्छन्।

रिपोर्टमा भनिएको छ, “यो आतिथ्य रोजगारी, सप्ताहन्तको रोजगार र उद्यमजस्ता प्रवेश–स्तरको भूमिकाहरूमा ‘तीव्र गिरावट’ को परिणाम हो।” “चाहे त्यो शिक्षा होस् वा स्वास्थ्य वा कल्याण, त्यो प्रणालीले श्रम बजारमा उनीहरूको सहभागिता सक्षम गर्न असफल हुन्छ,” मिलबर्नले भने।

प्रस्तावित समाधानहरू वर्षको अन्त्यमा विस्तृत रूपमा तय गरिएको छ। “मिलबर्न समीक्षामा पहिचान गरिएका मुद्दाहरू लामो समयदेखि व्यवसायहरूले रिपोर्ट गरेका छन्,” ब्रिटिश चेम्बर्स अफ कमर्सका महानिर्देशक शेभन ह्याभिल्यान्डले भने।

उनले भने, “यो रिपोर्ट रोजगारी, शिक्षा र प्रशिक्षणमा नभएका युवाहरूको सङ्कटको बारेमा नीति निर्माताहरूका लागि चेतावनीको हुनुपर्छ। रासस





Comments

comments

138899