काठमाडौँ, चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी शनिवार साँझ भोटेकोसी नदीमा खस्दा चालकसहित इभी बेपत्ता भएको छ।
रसुवाका सहायक प्रजिअ द्रुवप्रसाद अधिकारीका अनुसार सवारीसाधनसँगै बेपत्ता हुनेमा रसुवा जिल्ला कालिका गाउँपालिका –३ निवासी २२ वर्षीय सविन तामाङ रहेका छन्।
सो सवारीसाधन भन्सार जाँचपास गराई काठमाडौँ ल्याउने क्रममा गोसाइँकुण्ड गाउँपालिका –५ स्याफ्रुबेँसीको दक्षिण चिलिमे जलविद्युत् केन्द्र नजिक भोटेकोसीमा खसेको सहायक प्रजिअ अधिकारीले बताए।
घटनाको सूचना पाउनासाथ खोज र उद्वारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षा निकाय परिचालन गरिएको छ। भौगोलिक असहजतालाई प्रवाह नगरी खोजीकार्य तीव्र रूपमा भइरहेको सहायक प्रजिअ अधिकारीले बताए। रासस


