सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

फाइल तस्बिर

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज विराटनगरको विभिन्न अस्पताल पुगेका छन्।

विराटनगरस्थित विराट नर्सिङ अस्पताल र प्राइम अस्पताल पुगेर गृहमन्त्री गुरुङले घाइतेका स्वास्थ्यवस्थाबारे जानकारी लिनुभएको गृहमन्त्रीको स्वकीय सचिव जेम्स कार्कीले जानकारी दिए।

त्यसक्रममा गृहमन्त्रीले घाइतको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका थिए । गृहमन्त्रीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज पुगेर मृतकका आफन्तसँग पनि भेट गर्ने कार्यक्रम छ।

यही साउन १० गते सुनसरीको देवानगञ्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको थियो। रासस





Comments

comments

140061