सपनामा यौनसम्पर्क गर्दा प्रहरी खोरमा

रौतहट, सपनामा देखेको कुरा विपनामा सुनाउँदा एक शिक्षक प्रहरी हिरासतमा पुगेका छन्। रौतहटको झुनखुनवामा रहेको यमुनामाई उच्च माविमा विज्ञान बिषय पढाउने शिक्षक जयचन्द यादव प्रहरी हिरासतमा पुगेका हुन्।

शिक्षक यादवले कक्षा नौमा पढ्ने एक छात्रालाई सपनामा यौनसम्पर्क गरेको देखेको र भोलीपल्ट विद्यालयमा ती छात्रासंग सपनाको कुरा बताउँदै छात्रालाई दुव्र्यवहार गर्न खोजेपछि विद्यार्थीले ती शिक्षकलाई पक्राउ गरी प्रहरीलाई बुझाएको आजको अन्नपूर्ण पोष्टमा खबर छापिएको छ।

बिहीबार शिक्षक यादवले विद्यालयमा नै छात्रा दुव्र्यवहार गरेपछि ती छात्राले अभिभावकलाई जानकारी गराएको र शुक्रबार शिक्षकलाई विधार्थी र अभिभावकले उनलाई प्रहरीको जिम्मा लगाएका थिए। शिक्षक यादव प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक भिम ढकालले जानकारी दिएका छन्।

प्रहरीले दुवै पक्ष राखेर छलफल गरी समस्याको समाधान गर्ने जनाएको छ भने विधार्थी तथा अभिभावकहरुले दोषी शिक्षकलाई कारबाहीको माग गर्दै बिधालय तथा प्रहरी कार्यालय अगाडी नारावाजीसमेत गरेका छन्।





Comments

comments

1405