Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

६० वर्षीय वृद्धले १९ वर्षीया युवतीलाई कान्छी बनाउंन खोज्दा

सर्लाही बरहथवा ४ का एक ६० वर्षीय वृद्धले कान्छी श्रीमती बनाउने आश्वासन दिएर घर ल्याएका एक युवतीलाई केही दिन राखेर फिर्ता पठाएका छन्।

वृद्ध रक्तु शाहले काठमाडौंबाट ललाइ फकाइ एक १९ वर्षीया युवतीलाई घर ल्याएर केही दिन राखी फिर्ता पठाएका हुन्।

उनको सिन्धुपाल्चोक मेलम्ची घर भएकी एक युवतीलाई छोरा श्याम शाह र अर्का एकको सहयोगमा फकाएर भदौं २० मा घर ल्याएका थिए। तर, शाह परिवारका अन्य सदस्यले प्रहरीमा उजुरी दिएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ। उजुरी परेपछि महिला विकास नेपाल नामको संस्थाले ती युवतीको उद्धार गरी घर पठाएको संस्थाका संयोजक रामउदेश महतोले जानकारी दिए।

श्रीमतीको मृत्यु भएपछि शाह केही वर्षदेखि छोराबुहारी र नातिनातिनासँग बस्दै आएका थिए।





Comments

comments

1408