Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

भारतमा नेपाली विद्यार्थीको हत्या

नयाँदिल्‍ली, भारत उत्तर प्रदेश राज्यमा एकजना नेपाली विद्यार्थीको उनकै साथीद्वारा हत्या भएको छ। हापुर जिल्लामा विशाल शुक्ला नामक नेपाली विद्यार्थीको साथीहरूकै कुटाइबाट ज्यान गएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापेको छ।

उनी सर्लाही सिरौत गाविसका बासिन्दा हुन्। दुई दिनअघि भएको यो घटनाले विदेशी विद्यार्थीहरू भारतमा कति असुरक्षित छन् भन्ने कुरा देखाएको छ।

विशाल उत्तर प्रदेशको मोनाद विश्वविद्यालयको मेकानिकल इन्जिनियरका दोस्रो वर्षका विद्यार्थी हुन्। हत्याको विरोधमा दिल्लीको बाराखम्बारोडस्थित नेपाली दूतावासमा मृतकका परिवार र साथीहरूले प्रदर्शन गरेका छन्।

उनीहरूले विशालको हत्यामा संलग्नहरूलाई कारबाही गर्न प्रहरीले पर्याप्त ध्यान नदिएको आरोप लगाएका छन्। विशालका आफन्तलाई शव बुझ्न प्रहरीले दबाब दिएको आरोप उनीहरूले लगाएका छन्। ‘प्रहरीले पोस्टमार्टम प्रतिवेदन दिएन। विशालकी बहिनीलाई कागजमा जबरजस्ती हस्ताक्षर गर्न लगाएर शव बुझ्न लगाइयो’, विशालका काकाले भने। विशालका बाबु राम शुक्लाले रुँदै भने, ‘म गरिब किसान हुँ। छोराको पढाइका लागि सबै थोक बेचिसकेको छु।’





Comments

comments

1410