नेपाल योंग स्टार ग्रुप कोरिया सामाजिक सेवामा अग्रणी

खेम कार्की / एचकेनेपाल डट कम –
दक्षिण कोरिया। नेपाल योंग स्टार ग्रुप दक्षिण कोरियाको वृहत भेला सम्पन्न भएको छ। सउलस्थित नमस्ते रेष्टुरेण्ट दोंगदुचन सेप्टेम्बर ८ तारिखमा भएको भेलामा सहभागीहरुले नेपाल योंग स्टार ग्रुपका गतिविधिलाई समिक्षा गर्दै अझ सक्रिय भएर लाग्ने प्रतिवद्धता गरेका छन्।

कार्यक्रममा उपस्थित अतिथिहरुले नेपाल योंग स्टार ग्रुप दक्षिण कोरिया सामाजिक क्षेत्रमा अग्रणी नाम भएको बताउनु भएको छ। कार्यक्रममा प्रमुख अथिति नेपाली राजदूतावास दक्षिण कोरियाका उपनियोग प्रमुख राजाराम बतौंलाले योंग स्टार ग्रुपले सामाजिक सेवामा अग्रणी भुमिका खेलेको भन्दै सफलताको शुभकामना दिनुभयो। उहाँले नेपालमा रहेको योंग स्टार ग्रुप र कोरियामा रहेको योंग स्टार ग्रुपलाई सम्झिरहेको भन्दै अगाडि भन्नुभयो “यो विशाल ग्रुप बनोस एउटा वृक्ष झै झांगिदैजाओस् ” । उहाँले फिल्डमा गएर काम गर्ने व्यक्तित्व विकास गर्ने उर्जाशिल व्यक्तिहरुको अझै नेपालमा खाचो रहेकोमा जोड दिनुभयो।

यसैगरी, कार्यक्रमका विशेष अतिथि नेपाली दूतावास जापानका उपनियोग प्रमुख तापास अधिकारीले कोरियामा सिकेका सिपहरु सिकेर जुन नेपालमा प्रयोग गर्ने शुरुवात गर्नुभएको छ। यसमा जापान कोरिया जस्ता देशमा सिकेका उच्च प्रविधिहरु देशमा प्रयोग गर्न जरुरी गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ।

नेपाली दूतावास कोरियाका श्रम सहचारी अनिल गुरुंगले योंग स्टार ग्रुप अत्यन्तै सक्रिय र उच्च विचार राखेर अगाडि बढेको बताउनुभएको छ। उहाँले “योंग स्टार ग्रुपले भर्खरै मात्र पनि बाढि पिडितको लागि जुन सहयोग गरेको छ त्यो उदाहणीय छ, भन्नुधयो। उहाँले योंग स्टार ग्रुपले कोरियामा सिकेको सिप नेपालमा प्रयोग गर्नु साह्नीय भएको विचार व्यक्त गर्नुभएको छ।

नेपाली जनसम्पर्क समितिका सभापति नवराज सिवाकोटीले योंग स्टार ग्रुपले समाजसेवाको कामलाई अझ सक्रिय पार्न शुभकामना दिएका छन्।
सगरमाथा आरोहणसमेत गरेका पर्वतारोही आनकामी शेर्पाले योंग स्टार ग्रुपले समाज सेवाको काम गरेको भन्दै यस्ता काममा आफूले पनि सक्दो सहयोग गर्ने बताएका छन्।

उनले नेपालको पर्यटन क्षेत्रमा धेरै सम्भावना रहेकोले योंग स्टार ग्रुपले त्यता पनि ध्यान दिन जोड दिए। उनले अगाडि भने “कोरियामा काम गरेर सधै मजदुर मात्र रहने होईन जहाँ बसेपनि फर्केर नेपाल जाने हो। मातृभूमि नेपाललाई माया गर्नुपर्छ।”

नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका अध्यक्ष अशोक मैनालीले योंग स्टार ग्रुपलाई कोरियामा अझ सक्रिय बनाएर सामाजिक सेवामा उदाहरणीय बन्नुपर्नेमा जोड दिएका छन्। कम्पनी सचिव खेम कार्कीले नेपालमा योंग स्टार ग्रुपको गतिविधिबारे जानकारी दिदै नेपालमा भर्खरै कोरियाको स्प्रेन्जा कफि भित्रयाएको जानकारी दिए। भित्रयाएको र कोरियामा आम्दानीलाई संयुक्त रुपमा लगानी गरेर गरेको शुरुवातलाई सबैले सहयोग गर्नुपर्ने बताए।

उपस्थित सबैलाई स्वागत गर्दै उपाध्यक्ष राजुराज शाहीले योंग स्टार ग्रुपलाई अगाडि बढाउन सबैको सहयोग जरुरी रहेको बताउनुभयो। योंग स्टार ग्रुप कोरियाका अध्यक्ष लोक लामाले सभापतित्वमा भएको कार्यक्रमको संचालन सचिव रञ्जन कुँवरले गरेका थिए। कार्यक्रममा उपस्थित सबैलाई आभार व्यक्त गर्दै आफूहरु अझ सक्रिय रुपमा सामाजिक सेवामा यसैविच नेपाल योंग स्टार ग्रुप दक्षिण कोरियाले पर्वतारोही आनकामी शेर्पालाई सम्मान गरेको छ। साथै नेपाल योंग स्टार ग्रुपले कोरियामा रहेका युवाहरुलाई सक्रिय सदस्यता वितरण गर्ने भएको छ।





Comments

comments

1420