माई प्रमिसको धरानमा प्रिमियर गरिने

सन्तोष काफ्ले / एचकेनेपाल डट कम –
सुनसरी। सिंगापुरमा रोजागारको रुपमा रहेको नेपाली महिलाहरुको कथामा आधारित रहेर निर्माण गरिएको नेपाली कथानक चलचित्र माई प्रमिसको धरानमा प्रिमियर गरिने भएको छ।

सिंगापुरे लाहुरेहरुको लगानी तथा अभिनयमा निमार्ण गरिएको सो चलचित्रका धरानमा प्रिमियर गर्न लागिएको हो। आफूहरु सिंगापुरमा काम गर्दा नेपाली दलालहरुमावाट विभिन्न प्रलोभनमा परेर सिंगापुर पुगेर नेपाली महिलाहरुको भोगेको पिडालाई चलचित्रमा उतारेको चलचित्रका कार्यकारी निर्माता समेतरहेका नायक रमेश चन्द्र राईले जानरकारी दिए।

चलचित्र व्यवसायिकसंगै चेतनामूलकसमेत रहेको उनको भनाई छ। पारिवारिक तथा वास्तविक कथामा आधारित चलचित्र भएकोले पनि आफ्नो चलचित्रले व्यवसायिक सफलता पाउनेमा आफू ढुक्क रहेको उनको भनाई छ। चलचित्रको सिंगापुरमा ६० प्रतिशत र काठमाडौमा ४० प्रतिशत छायाकंन रहेको छ। चलचित्रमा राईसंगै केकी अधिकारी, विल्सन विक्रम राई, नरकुमार लिम्बुलगायतको अभिनय रहेको छ।

सुरज सुव्वा नाल्वोको निर्देशनमा बनेको चलचित्रमा संगीत महेश खड्काको छ। ८० लाख लगानीमा निर्माण गरिएको चलचित्रमा समावेश भएका गीतमा राजेशपायल राई, दिपक लिम्बु, भिषण मुकारुंगलगायतको स्वर रहेको छ। यहि भदौ २९ गते धरानको शिव शिनेमा हलमा हुने चलचित्रमा टेक वहादुर तामाङ, नर कुमार लिम्बु अञ्जना राईको समेत लगानी रहेको छ। टिएनआरसी प्रोडक्सनको व्यानरमा निमार्ण गरिएको चलचित्रको यसअघि हङकङ, सिंगापुर, युके, लगायतका स्थानमा प्रिमियर भइसकेको निमार्ण पक्षले जानकारी दिएको छ। सो चलचित्र मंसिर ५मा अल नेपाल रिलिज हुदै छ।





Comments

comments

1424