Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

युएईमा संघ संस्थाहरु एक जुट हुँदै

गोविन्द ढकाल / एचकेनेपाल डट कम –
अबु धबी युएई। बैदेशिक रोजगारको लागि सबैको ईच्छा भएको राष्ट्र युएईमा नेपालीहरु भित्रिने क्रम तिब्र नै छ। संख्यात्मक हिसाबले करिब ३ लाख को सेरोफेरोमा नेपाली भएको यो देशमा समस्या पनि उति नै छन्। दिनानु बढ्दै भएको समस्यालाई समाधान गर्नको लागि सामाजिक संघसंस्थाहरु पनि जन्मदै गरेको अवस्था छ।

युएईमा रहेका करिब ७०, ८० संघ संस्थाहरुले आआफ्नो ठाउँबाट सामाजिक कार्य गरेता पनि पछिल्लो समयमा एकता नहुनुको कारण सामुहिक कार्य गर्न जटिलता महसुस भएको छ। देश बिदेशमा परेका अलि जटिल र ठूला समस्यालाई छिटो तथा सरल तरिकाबाट समाधान गर्नको लागि बिभिन्न सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको शुक्रवार बर दुबइको सिन्ध पन्जाब रेष्टुरेण्टमा भेला भई बिशेष छलफल भएको थियो।

भेलामा नेपाल विश्व सहयोग संघ युएई, अर्घाखाँची सम्पर्क समिति, बाग्लुङ सेवा समाज, धादिङ समाज, चितवन समाज, गुल्मी सेवा समाज, पर्वत सेवा समाज, गोर्खा सेवा समाज, स्याङ्जा समाजका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। भेलाले एक संयोजक, एक सहसंयोजक र ९ सदस्य गरी ११ सदस्य तदर्थ समिति गठन गरेको छ्। जसले आउने २६ तारिकसम्म सम्पूर्ण संघ संस्थाहरुलाई पत्रचार गरी बैठक बोलाउने, सामुहिक कार्य योजनाको खाका बनाउने, उद्देश्यहरु तय गर्ने गरी बैठक राख्ने योजना बनाएको छ।

समितिको संयोजकमा गोबिन्द ढकाल, सहसंयोजकमा भिम अधिकारी तथा सदस्यहरुमा राजु खडका, लक्ष्मण भण्डारी, बाबुराम गौतम, राजु पाण्डे, मणी भुर्तेल, जगत क्षेत्रि, गुणानिधि धमाल, बिनोद श्रेष्ठ र हुमनाथ न्यौपाने रहनु भएको छ्। साथै यु ए इ मा रहेका सम्पूर्ण सामाजिक संघ सस्थाहरुलाई उक्त कार्यमा हातेमालो गर्नको लागि आव्हान समेत गरिएको छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

1428