७ करोडमा बहुउद्धेश्यीय गुम्बा निर्माण गरिने

हुम गुरूङ / एचकेनेपाल डट कम –
पोखरा १० रामघाट बौद्ध अर्घौं सदनको परिसरमा आधुनिक, सुविधा सम्पन्न, बहुउद्धेश्यीय गुम्बा निर्माणका बारेमा शनिवार अन्तरक्रिया सम्पन्न भएको छ।

तमु धिं नेपालका कार्यवाहक अध्यक्ष कर्णेल रामकाजी गुरुङले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको कार्यक्रममा बौद्ध अर्घौं सदनका अध्यक्ष क्याप्टेन भुवनसिंह गुरुङले विश्वमा महत्वपूर्ण बौद्ध गुम्वाहरु, ऐतिहासिक बुद्धमुर्तिहरु, बौद्ध अर्घौ सदनको ऐतिहासिकताको चर्चा गर्नुहुदै २०३५ सालमा स्थापना भएको सदनको अल्पकालिन र दीर्घकालिन योजना प्रस्तुत गर्नुभएको थियो।

क्याप्टेन गुरुङले बौद्ध अर्घौ सदनमा नयाँ, सुविधा सम्पन्न, बहुउद्धेश्यीय गुम्बा निर्माण गर्नुपर्ने आवाश्यकता, गुम्बा निर्माणको प्रकृयागत तयारी, प्रस्तावित गुम्बाको नक्शाका विविध पक्षमा प्रष्टयाउनुहुदै करिब १३ हजार स्वायर फिटमा गुरुङपनाको गुम्बा निर्माण सम्पन्न गर्न ७ करोड रुपैया र करिब साढे दुइवर्ष समय लाग्ने बताउनुभयो । उहाँले गुम्बा निर्माणका लागि तमु समाजहरु, आदिवासी जनजातिको संस्थाहरु, बौद्ध धर्म सम्वन्धी संघ संस्था, स्थानियक निकाय, नेपाल सरकार, विभिन्न गैरसरकारी संघ संस्थाहरुलाई सहयोगको आग्रह गर्नुभयो।

कार्यक्रममा सदनका प्रमुख लामा आचार्य थुब्तेन येशे गुरुङले गुम्बाको महत्वबारे चर्चा गर्नुहुदै हाल बौद्ध अर्घौ सदनमा रहेको पुरानो गुम्बा साह्रै साँघुरो र जीर्ण हुदै गएकाले भक्तजनलाई थप सेवा र सुविधा प्रदान गर्न निर्माण गरिने नयाँ गुम्बाका लागि सबैको साथ र सहयोगको अपेक्षा गर्नुभयो।

सदनका अध्यक्ष क्या.भुवनसिंह गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कोल्माबहाकोट तमु समाजका पुर्व अध्यक्ष जोगमाया गुरुङ, तमु धिं नेपालका वरिष्ठ सल्लाहकार सन्तबहादुर गुरुङ, सिलाङ तमु समाजका सचिव बीरध्वज गुरुङ, हिमाली गुरुङ परिवारका सुवेदार कृष्णबहादुर गुरुङ, तमु सहयोग समिति पार्दीका अध्यक्ष एवं जग्गादाता क्याप्टेन चेतबहादुर गुरुङ, बाँझापाटन तमु समाजका अध्यक्ष सुमे चेतबहादुर गुरुङ, पाखुरीकोट गुरुङ समाजका अध्यक्ष मेजर तुलसीप्रसाद गुरुङ, रोटरी क्लवका रोस गुरुङ, विद्या गुरुङ लगायतले गुम्बा निर्माणमा सबैको साथ सहयोगको आवाश्यक रहेकोमा जोड दिनुभएको थियो।

कार्यक्रम सदनका सचिव मोतीप्रसाद गुरुङले सञ्चालन भएको थियो भने कार्यक्रम तमु समाज लगायत विभिन्न संघ संस्थाका अगुवाहरुको बृहत सहभागिता रहेको थियो।

नयाँ प्रस्तावित गुम्बाको आर्किटेक्ट बीरेन्द्र गुरुङले नक्शा तयार पार्नुभएको छ। हालसम्म गुम्बा निर्माणका लागि करिब २० लाख रुपैया सहयोग प्राप्त भएको र २५ लाख सहयोग गर्ने वचन प्राप्त भईसकेको सचिव मोतीप्रसाद गुरुङले जानकारी दिनुभयो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

1430