भोटेकोशी बाढीपीडितको उद्धार र पुनर्स्थापनाका लागि सहयोग गर्न सरकारको अपील!

🚨 देश दुख्दा जुट्नेछन् हात: भोटेकोशी बाढीपीडितको उद्धार र पुनर्स्थापनाका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा सहयोग गर्न सरकारको अपील!

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका नदी तटीय क्षेत्रहरूमा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ। बाढी र पहिरोबाट प्रभावित नागरिकहरूको तत्काल उद्धार, राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि सरकारले विशेष तत्परता देखाएको छ। विपद्को सामना एकजुट भएर मात्र गर्न सकिने भएकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सम्पूर्ण परोपकारी नागरिक, निजी क्षेत्र, उद्योगी, व्यवसायी र दातृ निकायहरूलाई “प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष” र “प्रधानमन्त्री राहत कोष” मार्फत खुला हृदयले आर्थिक सहयोग गर्न हार्दिक अपील गरेको छ। DONATE गर्न तलको इमेजमा क्लिक गर्नुहोस्





Comments

comments

140581