पोखरा ल्याइएका १०२ शव आफन्तले टिभी डिस्प्लेबाट पहिचान गरिँदै

पोखरा, भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले बगाएर विभिन्न जिल्लाका नदी किनारमा फेला परेका १ सय २ वटा शव पहिचान तथा परीक्षणका लागि पोखरा ल्याइएको छ।

तनहुँ, गोरखा, धादिङ र पूर्वी नवलपरासीका विभिन्न नदी किनारमा भेटिएका शवहरूलाई संकलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको हो।

प्रतिष्ठानमा शवहरूको पहिचान र वैज्ञानिक परीक्षणको प्रक्रिया तीव्र रूपमा अगाडि बढाइएको छ। बाढीमा परेर बेपत्ता भएका व्यक्तिका आफन्तहरू आफ्ना परिवारका सदस्यको खोजीमा अस्पताल परिसरमा जम्मा भएका छन्।

शवहरू क्षतविक्षत अवस्थामा हुन सक्ने भएकाले पहिचान कार्यलाई सहज बनाउन अस्पताल प्रशासनले विशेष व्यवस्था गरेको छ। बाढीमा ज्यान गुमाएकाहरूको तस्बिर खिचेर अस्पतालको टिभी डिस्प्लेमा प्रदर्शन गरिएको छ।

बेपत्ताका आफन्तहरूले सोही डिस्प्लेमा राखिएका फोटोहरू हेरेर आफ्ना मान्छे चिन्ने प्रयास गरिरहेका छन्। पहिचान खुल्न बाँकी रहेका शवहरूको हकमा आवश्यक कानुनी तथा वैज्ञानिक प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाइने अस्पताल स्रोतले जनाएको छ।

तस्बिर: सुदर्शन रञ्जित





Comments

comments

140601