Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

क्रिकेट खेल्न गएका खेलाडी जापानमै लुकेपछि

क्रिकेट खेलाडीका रुपमा मैत्रीपूर्ण खेल खेल्न जापान लगिएका नौ जना गैरखेलाडीले काठमाडौं र्फकने टिकट जापानबाटै रद्द गराएको खुलेको छ।

१५ दिनको भिसासहित जापान लगिएका उनीहरु जापानमै भासिएको मंगलबार ४७ दिन बितेको छ।

अध्यागमन विभागका अनुसार अन्य नेपाली टोलीसहित गत १५ जुलाईमा जापान गएका ती गैरखेलाडी मंगलबारसम्म स्वदेश फर्किएका छैनन्।

ती गैरखेलाडीले पहिले नै बुकिङ गरिसकेको आफ्नो र्फकने टिकटसमेत रद्द गरेको जानकारी सम्बन्धित ट्राभल एजेन्सीले दिएको खबर आजको अन्नपूर्णमा छ।

गत जुलाईमा जापानमा आयोजना हुने होन्डा कप क्रिकेट प्रतियोगितामा सहभागी हुन १८ सदस्यीय टोली त्यसतर्फ लागेको थियो ।

त्यसमा सात जना क्रिकेटर, दुई जना पदाधिकारी र नौ जना गैरखेलाडी थिए। टोलीमा समावेश सातजना क्रिकेटर र दुईजना पदाधिकारी यसअघि नै नेपाल फर्किसकेका छन्।

गैरखेलाडीमा रामसुर बुढा, सञ्जीव बुढा, रोमी सरङ्कोटी राना, सूर्य बानियाँ, नरेन्द्र बुढा, सुन्दरकुमार ओली, श्यामकुमार पुन, डेन्डी शेर्पा र लक्ष्मण छन्त्याल छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ ट्रान्जिट हुँदै जापानको टोकियोस्थित नारिता विमानस्थल पुगेका उनीहरू त्यहाँबाटै बेपत्ता भएका थिए।





Comments

comments

Leave a Reply

14083