Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

प्रियंकाको पारिश्रमिक एक दिनको साढे २ करोड

समय–समयमा बलिउडमा चर्चा भइरहन्छ, पारिश्रमिकबारे । चर्चामात्र पनि होइन, कहिलेकाहीँ त कसको कति पारिश्रमिक भन्ने विषयमा होड पनि परिरहेको हुन्छ।

अभिनेताभन्दा पनि अभिनेत्रीहरूको पारिश्रमिकले बारम्बार चर्चा पनि पाउँछ । अब एउटै यस्तै समाचार आएको छ, जसले अभिनेत्री प्रियंका चोपडा नै सबैभन्दा धेरै पारिश्रमिक लिने सूचीको अग्रस्थानमा पुगेको संकेत गर्छ। नयाँ पत्रिका दैनिकमा खबर छ।

प्रियंकाले एक दिनकै दुई करोड ४० लाखमा काम गर्ने सम्झौता गरेपछि यो समाचारले सनसनी रूप लिएको हो। त्यसो त यो विज्ञापनको काम १० दिनमात्र गर्नुपर्छ। यस अनुसार पूरै विज्ञापनका लागि प्रियंकाले कम्तीमा पनि २४ करोड कमाउनेछिन्। यो विज्ञापनचाहिँ आसाम सरकारको पर्यटन प्रवर्द्धनका लागि बनाइने विज्ञापन हो।





Comments

comments

Leave a Reply

14079