Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

गाड्न खोज्दा शिशु रोएपछि…

मृत्यु भएको भन्दै खाल्डो खनेर गाड्ने तयारी गरिरहेको अवस्थामा रोएपछि एक नवजात शिशुले जीवन पाएको छ।

शुक्रबार दिउँसो ३ बजेतिर जन्मिएको शिशुले धेरै बेरसम्म हुने प्रतिक्रिया जनाएपछि रुकुमको एक दम्पतीले मरेको ठहर गर्दै नेपालगन्ज–१७, बुलबुलियास्थित घाट पुर्‍याएका थिए।

रूकुम, रुघा–२ की १९ वर्षीया भावना ओली खड्काले घरमै जन्माएको शिशु नचल्मलाएपछि पति चौखवाङ–७ का २७ वर्षीय गोपाल खड्काले नजिकैको मेडिकल पुर्‍याएका थिए। मेडिकल सञ्चालकले बच्चा नरोएको, नचलेको, शरीर निलो भइसकेको र श्वास नफेरेको भन्दै मृत घोषित गरिदिएका थिए। उनले तैपनि भेरी अञ्चल अस्पतालमा एकपटक देखाउन सुझाव दिएका थिए। तर, खड्का दम्पतीले शिशु मरेको भन्दै अपराह्न ४ बजेतिर गाड्न लगेको थिए।

घाटमा पुगेर सहयोग मागेपछि स्थानीयले शिशुको दाहसंस्कारका लागि सहयोग गरेका थिए। तर, खाल्डो खन्दैगर्दा शिशु रोएपछि स्थानीय छाँगाबाट खसेझैं भए। उनीहरुले खड्का दम्पत्तिलाई शंका गर्दै प्रहरीलाई खबर गरे। र शिशुलाई प्रहरीको जिम्मा लगाई दिएको खबर नागरिकमा छापिएको छ।





Comments

comments

Leave a Reply

14112