परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता

–

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबिच भेटवार्ता भएकाे छ।

भेटमा नेपाल र अष्ट्रेलियाबिचको छ दशक लामो मैत्रीपूर्ण सम्बन्ध, अष्ट्रेलियामा नेपाली डायस्पोराको योगदान तथा नेपाली विद्यार्थीको हितलगायत बिषयमा छलफल भएकाे परराष्ट्र मन्त्रालयले जनाएको छ।

आगामी जलवायु सम्मेलन (कोप–३१)मा नेगोसिएसनमा अध्यक्षता गरिरहेको सन्दर्भमा उनीहरुबिच अष्ट्रेलियासँग नेपालको जलवायु एजेन्डा (हिमालयको संरक्षण, जलवायु उत्थानशीलता, पूर्वचेतावनी प्रणाली स्थापना गर्ने) समर्थनका बिषयमा समेत छलफल भएकाे छ। रासस





Comments

comments

141372