काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार विजया दशमीको दिन आमा मिथिला पाण्डेबाट जमरा ग्रहण गरी आर्शीवाद लिएकी छन्।
यसैगरी, उनले छोरी–ज्वाईलाई टीका प्रदान गरिन्। पूर्वराष्ट्रपति भण्डारीले बालुवाटरस्थित निवासमा सर्वसाधारण, शुभेच्छुक र पार्टीका कार्यकर्तालाई समेत विजयादशमीको शुभकामना आदानप्रदानसँगै टीका लगाइदिनुभएको पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव राजकुमार राईले जानकारी दिए। रासस


