बडादसैँको टीका आज पनि लगाइँदै, काठमाडौँमा चहलपहल बढ्दै

–

काठमाडौँ । विजयादशमीको टीकाको दोस्रो दिन आज एकादशीका दिन पनि टीका र जमरा लगाएर दसैँ मनाइँदैछ।

आज पनि नवदुर्गाको प्रसादका रूपमा मान्यजनका हातबाट शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर बडादसैँ मनाइएको छ।

बुधबार बडादसैँको मुख्य दिन अर्थात् विजयादशमी हो भने आज एकादशी हो । त्यसैले हिजो टीका थाप्न नभ्याएकाहरूले आज पनि आफन्त तथा मान्यजनहरूकहाँ पुगेर विजयादशमीको टीका थापिरहेका छन्।

हिजो घरैमा टीका लगाएका कतिपय सर्वसाधारण आज काठमाडौँबाहिर रहेका आफन्त र मान्यजनकहाँ गइरहेका छन्।

काठमाडौँबाट लामो तथा छोटो दूरीका सवारीसाधन फाट्टफुट्ट सञ्चालन भइरहेकाले कतिपय नागरिक आफन्त र मान्यजनकहाँ टीका थाप्नका लागि बाहिरिएका हुन् । त्यस्तै मानिसहरू बाहिरबाट पनि काठमाडौँ आइरहेका छन्।

बडादसैँको टीकाको मुख्य दिन बुधबार भए पनि कोजाग्रत पूर्णिमासम्म नै मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाउने प्रचलन रही आएको छ।

त्यसैले आज पनि बडादसैँको टीका लगाउने र लगाइदिने एवम् आशीर्वाद लिने दिने क्रम जारी नै रहेकाले काठमाडौँमा चहलपहल केही बढेको देखिएको छ। रासस





Comments

comments

141689