हङकङ र ताइवानबीचका दर्जनौँ उडानहरू रद्द, आँधीले भए उडानहरू ठप्प

सन्दर्भ तस्बिर

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २३ अक्टोबर। ताइवानतर्फ अघि बढिरहेको चामपि आँधी (Typhoon Champi) का कारण हङकङ र ताइवानबीचका ७० भन्दा बढी उडानहरू रद्द भएका छन्।

शुक्रबार दिउँसोसम्म हङकङ र ताइवानको ताओयुआन अन्तर्राष्ट्रिय विमानस्थलबीचका ३० भन्दा बढी उडान रद्द भइसकेका छन्।

यसका साथै काओसिङ र ताइचुङ अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाने ९ वटा उडान पनि रोकिएका छन्।

आँधीका कारण ताइवानका सबै २६२ आन्तरिक उडान र ७१७ अन्तर्राष्ट्रिय उडानहरू बन्द गरिएका छन्।

आँधीको प्रभावका कारण ताइवानका अधिकांश क्षेत्रमा विद्यालय, सरकारी कार्यालय र वित्तीय बजारहरू बन्द गरिएको छ।

यो आँधी शनिबार दिउँसो वा बेलुकासम्म ताइवानमा रहने अनुमान गरिएको छ र आइतबारदेखि मात्र मौसम सामान्य हुनेछ।

यस क्षेत्रमा यात्रा गर्ने तयारीमा रहेका यात्रुहरूलाई विमानस्थल जानुअघि आफ्नो उडानको अवस्था जाँच गर्न अनुरोध गरिएको छ।





Comments

comments

141704