जनजाति महासंघको विरोध प्रदर्शनका कारण महावाणिज्यूत भट्टराई कमर्सको अधिवेशनमा अनुपस्थित


अधिवेशन स्थल कंगन रेष्टुरेण्ट परिसरमा प्रदर्शनकारीहरु। फोटोः एचकेनेपाल डट कमको लागि जगतअम्बु गुरुङ

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १० सेप्टेम्बर। नेपाल आदिवासी जनजाति महासंघ हङकङको विरोध प्रदर्शनका कारण नेपाली महावाणिज्यदूत कमलप्रसाद भट्टराई नेपाल च्याम्बर अफ कमर्सको अधिवेशनमा उपस्थित हुन सकेनन्।

दुई महिना अघिदेखि वार्तामा रहेको महासंघले महावाणिज्यदूत भट्टराई उदासिन रहेको आरोप लगाएको छ। वार्ताको नाममा महासंघको आन्दोलनलाई निस्तेज पार्ने षड्यन्त्रमा लागेको भन्दै महासंघ विरोधमा उत्रिएको हो।

आदिवासी जनजाति मूलको नेपाली महावाणिज्यदूतको माग गर्दै महासंघ एक दशकदेखि आन्दोलनरत छ। महावाणिज्यदूत भट्टराईले तीन महिना अघि कार्यभार सम्हालेपछि वातावरण बनाउने भन्दै महावाणिज्यदूत भट्टराई र महासंघ वार्तामा रहेका थिए।

हङकङमा जनजाति महासंघको विरोध प्रदर्शन…

हङकङमा जनजातिको झमेला कायमै, जनजाति मूलको महावाणिज्यदूत चाहिइयो भन्दै नाराजुल…

Posted by HKNepal.com on Friday, 9 September 2016





Comments

comments

Leave a Reply

14186