Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

राजधानीमै किनबेच हुन्छ मानव खप्पर…

मानव बलि दिए धन र शक्ति आर्जन हुने अन्धविश्वामा ढोंगी तान्त्रिकको पछि लाग्नेहरूले राजधानीमै मानव खप्पर र हाडखोर किन्ने गरेको खुलेको छ ।

स्वयम्भूमा मानव बलि दिने प्रयास गरेको घटनामा पक्राउ परेकाको बयानबाट राजधानीमै मानव खप्पर र हाडखोर किनबेच गरेको छ।

उक्त घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले भारतीय तान्त्रिक भनिने कानु पहरीसहित आठ जनालाई पक्राउ गरी अनुसन्धान जारी राखेको खबर आजको नागरिक दैनिकमा छ।

प्रहरीका अनुसार पहरीसहित दुई जनाले राजधानीको मित्रपार्कस्थित एक जडीबुटी पसलबाट १९ हजार रुपैयाँमा मानव खप्पर खरिद गरेको बयान दिएका छन्।

प्रहरीले घटनामा पहरीका साथबाट मानव खप्पर र खुकुरीसमेत बरामद गरेको छ।

उक्त पसल पहिले प्रेस सिवाकोटीले चलाउँदै आएका थिए। पछिल्लो भूकम्पमा सिवाकोटीको निधन भएपछि बुहारी सीताले चलाउँदै आएकी छन्।





Comments

comments

Leave a Reply

14203