भक्तपुरको प्रजापति कम्प्लेक्समा भीषण आगलागी : ६० लाखको धनमाल जलेर नष्ट

–

भक्तपुर। भक्तपुरको मध्यपुर थिमि–५, राधेराधेस्थित प्रजापति कम्प्लेक्सको पाँचौँ तलामा रहेको रेस्टुरेन्टमा शनिबार बिहान आगलागी हुँदा करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ।

बिहान करिब ७ देखि ८ बजेको बीचमा सुरु भएको उक्त आगो जुद्ध बारुण यन्त्र, नेपाल प्रहरी तथा स्थानीयवासीको सक्रियतामा नियन्त्रणमा लिइएको हो।

प्रारम्भिक अनुमानअनुसार विद्युत् सर्ट भएर आगलागी भएको आशंका गरिए पनि घटनाको यकिन कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।





Comments

comments

142309