१८ लाख ८० हजार हङकङ डलरका क्यामेरा र लेन्स लिएर कर्मचारी फरार

सन्दर्भ तस्बिर

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २० नोभेम्बर। हङकङको कजवे बेस्थित एक इलेक्ट्रोनिक्स पसलबाट करिब १८ लाख ८० हजार हङकङ डलर (HK$1.88 million) मूल्य बराबरका ६१ वटा क्यामेरा र ५५ वटा लेन्स चोरी भएपछि प्रहरीले एक संदिग्ध कर्मचारीको खोजी कार्य तीव्र पारेको छ।

म्याथेसन स्ट्रिटको १ नम्बरमा रहेको टाइम्स स्क्वायर भित्रको ‘फोर्ट्रेस’ पसलका इन्चार्जले महँगा सामानहरू हराएको रिपोर्ट गरेपछि बिहीबार साँझ प्रहरीलाई घटनास्थलमा बोलाइएको थियो।

प्रारम्भिक अनुसन्धानका अनुसार, करिब ४० वर्ष उमेरका एक पुरुष कर्मचारीले ती क्यामेरा र लेन्सहरू चोरी गरी फरार भएको आशंका गरिएको छ।

प्रहरीले यस घटनालाई चोरीको मुद्दाका रूपमा दर्ता गरी वान चाई जिल्लाको अपराध अनुसन्धान टोलीलाई जिम्मा लगाएको छ।

संदिग्ध व्यक्तिको पहिचान गरी पक्राउ गर्न र चोरी भएका सामानहरू बरामद गर्न प्रहरीले खोजी कार्य जारी राखेको छ, यद्यपि हालसम्म कोही पनि पक्राउ परेका छैनन्।





Comments

comments

142416