पोखराका ‘गुरुङ्सेनी गर्ल्स’बाट सहारा एकेडेमीलाई सहयोग

एचकेनेपाल डट कम संवाददाता –
पोखरा, ३० भदौ । पोखराका गुरुङ युवतीहरुको समूह गुरुङ्सेनी गल्सले सहारा क्लबद्वारा संचालित सहारा एकेडेमीलाई नगद तीस हजार पाँच रुपैयाँ सहयोग गरेको छ।

सहारा क्लबको १८ औं वार्षिकत्सब तथा साधारण सभाको समुद्घाटन समरोहबीच गुरुङ्सेनी गल्सबाट क्लबका अध्यक्ष श्री विरभद्र आचार्यलाई उक्त रकम हस्तान्तरण गरेका हुन्। गुरुङ्सेनी गल्सले बिगत केही बर्षदेखि हारेक बर्ष महिलाहरुको बिशेष चाड हरितालिका तीजको अवसरमा दर खाने कार्यक्रमको आयोजना गरी उठेको रकमको फाईदा सामाजिक कार्यहरुमा खर्च गरिदै आइरहेको र यस बर्ष पनि दर खाने कार्यक्रमबाट उठेको फाईदा रकम सहारा एकेडेमीलाई सहयोग दिएको कुरा समुहकी सदस्य नमुना गुरुङ्ले बताइन्।

गत बर्ष पनि उक्त समूहले दर खाने कार्यक्रमबाट उठेको फाईदा रकम बृद्धआश्रमलाई सहयोग गरेका थिए। त्यसै गरी गएको पुसमा पनि तमु ल्होछारको अवसरमा स्योकै (भोजखाने) कार्यक्रम आयोजना गरि उठेको फाईदा रकम कास्कीको बाटुलेचौर–१६ मा रहेको अन्नपूर्ण बाल आश्रममा रहेका ३१ बालबालिकालाई २५ हजार रुपैयाँ बराबरको ज्याकेट वितरण गरेका थिए।

पोखरालाई कर्म थलो बनाएर बिभिन्न ब्यवसाय गर्दै आएका युवतीहरुको समूह गुरुङसेनी गल्समा नमुना गुरुङ ,तिर्थ गुरुङ , पुनम गुरुङ ,बबिता गुरुङ ,सुश्मा गुरुङ ,चन्द्र गुरुङ ,धन माया गुरुङ र माया गुरुङ रहेका छन्। महिलाहरुले महिनै भरी पार्टी प्यालेसमा अनावश्यक रुपमा तीज मनाउदै गरेको भन्दै बिरोध जनाइरहदा कार्यक्रमको आयोजना गरेर उठेको रकम सामाजिक कार्यमा खर्च गर्न पाउँदा आफूहरु निकै खुशी लागेको समुहकी अर्की सदस्य तिर्थ गुरुङ्ले बताइन्। उनले आउदो दिनमा पनि यस्तै सहयोग गर्ने वचन पनि दिइन्।





Comments

comments

Leave a Reply

14262