Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बेलायतको पीआर त्यागेर नेपाल फर्के कर्नेल कुमार लामा

काठमाडौं, नेपाली सेनाका महासेनानी कुमार लामा बेलायतको आवसीय अधिकार (आईएलआर) त्यागेर नेपाल फर्किएका छन्।

बेलायतमा आफूमाथिका यातनासम्बन्धी मुद्दामा सफाइ पाएलगत्तै लामा त्यहाँको पिआर त्यागेर आइतबार नेपाल फर्किएको लन्डनस्थित नेपाली दूतावासले जानकारी दिएको छ।

लामाले गत साता आफ्नो पीआर रद्द गरिदिन दूतावासमा निवेदन दिएका थिए। दूतावासले लामाको निवेदनबमोजिम होम अफिस (गृह मन्त्रालय) लाई पिआर भिजा रद्द गरिदिन आग्रह गरेकोमा होम अफिले प्रक्रिया अगाडि बढाइएको जनाइएको स्रोतले उल्लख गरेको छ। कान्तिपुर दैनिकले खबर छापेको छ।





Comments

comments

Leave a Reply

14326