Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

काँग्रेस जर्मनीको विशेष भेला हुदै…

सम्बाददाता जर्मनी –
नेपाली जनसंपर्क समिति जर्मनीको विशेष भेला कोजाग्रज पूर्णिमाको अवसरमा जर्मनीमा रहेका सवै नेपाली काँग्रेसजनहरुवीच हुने भएको छ।

आवश्यक गृहकार्य अपूग भएका कारण अक्टोबर ३ तारिख आयोजना गरिएको भेला पर सारिएको हो।

नेपाली जनसंपर्क समन्वय समिति युरोपका अध्यक्ष दिल गुरुङको प्रमुख आतिथ्यतामा हुने उक्त भेलाबाट गत वर्ष भएको भद्र सहमति बमोजिम नेपाली जनसंपर्क समितिका वर्तमान अध्यक्ष विजय मोक्तानले शिखर खड्कालाई अध्यक्षको पद हस्तान्तरण समेत गरिने अध्यक्ष मोक्तानले बताए।

जर्मनीमा रहेका नेपाली जनसंपर्क समितिका सवैलाई कार्यक्रममा सहभागि हुन जसंपर्क समितिले पत्रचार तथा इमेल गरिने छ।

कार्यक्रममा सहभागीहरुको अनुकूल समयलाई ध्यानमा राखि सकेसम्म अन्य देशका प्रतिनिधिहरुलाई समेत सहभागी गराउने स्थान तोकिने जनाइएको छ।

तोकिएको मितिमा नै नेतृत्व हस्तान्तरण गर्न चाहना हुदाहुदै एनआरएनको युरोपियन भेला र अमेरिकामा संपन्न रिजनल सम्मलेनका कारण केहि ढिलाई हुन गएको तर गत साल भएको भद्र सहमति बमोजिम नेपाली जनसंपर्क समिति जर्मनीमा रहेको एकतालाई उदारणीय बनाउनको लागि पनि अव हुदै गरेका अध्यक्ष शिखर खड्कालाई नेतृत्व हस्तान्तरण गरिने अध्यक्ष मोक्तानले बताए।





Comments

comments

Leave a Reply

14414