युरोप मञ्च –
नेपालबाट बेलायत आई बसोबास गर्ने नेपाली बालबालिकाहरुले भबिष्यमा नेपाली भाषाबाट बिमुख हुन नपरोस् भनि प्रगतिशिल नेपाली समाज, यूकेले नेपाली भाषा कक्षा तथा कम्यूटर तालिमको कक्षा सुरु गरेको छ।
हरेक आईतवार लण्डनको ह्यारोमा सुरु हुने कक्षामा पुर्ण लोक्सम र बिमला लिम्वुले कक्षा लिने कार्यक्रम रहेको छ। कम्यूटरको कक्षा पनि संचालन हुने भएकोले जुन सुकै उमेरका नेपाली दाजुभा दिदीबहिनीहरुले लाभ लिन सक्नु हुनेछ।
नेपाली कक्षा संचालन संबन्धमा हामीले प्रगतिशिल नेपाली समाज,यूकेका संयोजक सुरेस गौतमसंग संपर्क गरी बिगतमा तपाईको संगठनले नेपालको राजनैतिक परिवर्तनमा सकृय साथ भाग लिन्थ्यो तर अव आएर सामाजिक कार्य तर्फ केन्द्रित हुनुहुन्छ भनि सोधेका थियौं।
हामी हिजो पनि आज पनि नेपालको परिर्वतनको मुद्धासंगै छौ । हामीहरुको आन्दोलन जहिले पनि नेपालको परिवर्तन र स्थानीय समस्याहरुसंग केन्द्रित हुने गर्दछ।
अहिले हामी नेपालको भाषिक पहिचानको बिषयलाई उठान गरि रहदां बेलायतमा रहेका नेपालीहरुको आउने पुस्तामा नेपाली भाषाको लोप हुने खतरामा केन्द्रित रहेर हामीले नेपाली भाषा कक्षाको आवश्यकता ठानेका हौं । साथै उहाँले नेपालको राजनैतिक परिवर्तनमा हामीले अन्तर्राष्ट्रिय समर्थन जुटाउन हजारौ कार्यक्रमको आयोजना गरेका थियौ । अहिले संबिधान दिवस मनाउने दिनमा नेपाली दूतावासले बिगतको इतिहासलाई बिर्सिएकोमा आगामी दिनमा हामीले दूतावासलाई समेत सचेत बनाउने कार्यक्रम रहेको बताउनु भयो।
नेपाली भाषा कक्षा संपूर्ण बेलायतबासी नेपालीहरुको लागि संचालन भएकोले निम्न समयमा निम्न ब्यक्तिलाई संपर्क गर्न हुन प्रगतिशिल नेपाली समाज,यूकेले अनुरोध गरेको छ।
1. नेपाली बालबालिकाहरुलाई नेपाली लेख्न -बोल्न सिकाइने |
2. वयस्कलाई – सामान्य अंग्रेजी सिकाइने |
3. कम्प्युटर कक्षाहरु ( Ms Word , Ms Excel , Ms PowerPoint , Ms Photoshop ) |
4. बेलायतका विभिन्न कार्यालयमा चाहिने Form भर्न समेत सहयोग गरिने |
दिन : हरेक आईतबार
समय : बिहान १० बजेदेखि अपरान्ह १ बजेसम्म
स्थान : South Harrow
सम्पर्क : बिमला – 07413 699402
प्रशिक्षक:
बिमला लिम्बु ( BA , ABE )
पूर्ण लोक्सोम ( MBA , M.SC , Ph.D – Candidate )


