Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

२ वर्षपछि ऋचाको कमब्याक

शिव मुखिया / एचकेनेपाल डट कम –
नायिका ऋचासिंह ठकुरी दुई वर्षपछि म्युजिक भिडियो मार्फत ग्ल्यामर क्षेत्रमा फर्केकी छिन्। शैलेन्द्र खोखाली निर्देशित म्युजिक भिडियोवाट उनले कमव्याक गरेकी हुन्।

गायक सुमन कोयुको गीतवाट निर्देशक खोखालीले ऋचालाई भित्र्याएका हुन्। हालै कोयुको उक्त गीतको प्रोमो सार्वजनिक भएको छ। यसअघि दुई वटा एल्वम वजारमा ल्याइसकेका सुमनको यो म्युजिक भिडियो भने चौथो हो। ‘अचार करेली’ वोलको उक्त गीतको म्युजिक भिडियोले दर्शकको मन जित्ने अपेक्षा गरेका छन्, निर्देशकले।

‘एकदमै राम्रो वनेको छ’ उनले संक्षिप्तमा भने, ‘राम्रो रेस्पोन्सको अपेक्षा गरेको छु।’ भिडियो पत्रकार श्रीधर पौडेलले खिचेका हुन्। सिन्धुपाल्चोकको भोटेचौर आसपास छायाकन गरिएको म्युजिक भिडियो सविज मिडियाले उत्पादन गरेको हो।





Comments

comments

1446