नेपाली साहित्य प्रतिष्ठान हङकङको १५ औं बार्षिकोत्सब सम्पन्न

टंक सम्बाहाम्फे –
सन् २०१६ अक्टुबर २ तारिख आईतबारको दिन हङकङको जोर्डनस्थित नयापेज डटकमको सभाहलमा नेपाली साहित्य प्रतिष्ठान हङकङको १५ औं बार्षिकोत्सब सम्पन्न भएको छ। प्रमुख अतिथिमा हिमालय टोन्स म्युजिक एकेडेमी का निर्देशक तथा गायक संगीतकार दिनेश सुब्बा बिशेष अतिथिहरुमा समुच्च विचारका प्रवर्तक साहित्यकार दीपा एवाई राई जनजाति साहित्य समुहका अध्यक्ष तथा त्रीकोण कविताका प्रवर्तक भूपेन्द्र चेम्जोङ्ग बिश्व नेपाली साहित्य महासंघ हङकङ च्याप्टर अध्यक्ष तथा कवि चन्द्र मादेन आञ्छन समिक्षा समाज हङकङका संयोजक तथा गीतकार हेम कुमार लावती हङकङ साझा साहित्य श्रीङ्गखालाका संयोजक तथा कवि लाल बहादुर गुरुङ र साब्लाबूङ साहित्यिक पत्रिकाका प्रकाशक तथा सम्पादक राज कुमार राई आसिन हुनुहुन्थ्यो। नेपाली साहित्य प्रतिष्ठान हङकङका सदस्य उपन्यासकार दिल बहादुर पालुङ्गवाको स्वागत मन्तब्य पछि हिमालयन टोन्स म्युजिक एकेडेमीको प्रकाशन र रबिन बान्तवा खाहोङ राईद्धारा सम्पादन त्रैमासीक बाल पत्रीका ”द पीङ ” को तेस्रो अंकको सामुहिक बिमोचन गरिएको थियो।

नेपाली साहित्य प्रतिष्ठान हङकङ

Posted by HKNepal.com on Monday, 3 October 2016

बाल पत्रीका बिमोचन जनजाति साहित्य समुहका अध्यक्ष तथा त्रीकोण कविताका प्रवर्तक भूपेन्द्र चेम्जोङ्गले त्रीकोण कविता बारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।तत्पाश्चात कविता वाचनमा सहभागी कविहरु क्रमश भूपेन्द्र चेम्जोङ्ग, दिल बहादुर पालुङ्गवा “नेपाल कुस्सा “, सुनिता गिरी, देबराज राई, दीपा एवाई राई,नबिन सुहाङ्ग लिम्बु ,रबिन खाहोङ्ग राई,टीबी याख्खा,दीपेन्द्र राई,हेम कुमार लावती,लाल बहादुर गुरुङ, चन्द्र मादेन आञ्छन, बिष्णु कुमार इङ्गनाम हुनुहुन्थ्यो। अनुपस्थित कविहरुको क्रमश पूर्णिमा शाह – हङकङ, हिमाल सुब्बा गुरास – बहराईन, अमित थेबे लिम्बु – बेलायत, राई बुद्ध कुमार – सिंगापूरको कविता समेत वाचन गरिएको थियो।कविता वाचनमा सहभागी सम्पूर्ण कविहरुलाई नेपाली साहित्य प्रतिष्ठान हङकङको तर्फबाट प्रशंसा पत्र प्रमुख अतिथि र बिशेष अतिथिहरुको बाहुलीबाट प्रदान गरिएको थियो।
कार्यक्रमको अन्तिम चरणमा बिशेष अतिथि साब्लाबूङ साहित्यिक पत्रिकाका प्रकाशक तथा सम्पादक राज कुमार राईले नेपाली साहित्य प्रतिष्ठान हङकङको १५ औं बार्षिकोत्सबलाई सम्बोधन गर्दै भन्नुभयो। यस साहित्यिक संस्थाले अहिलेसम्म निरन्तर साहित्य मै काम गर्दै आएकोले धन्यबाद ज्ञापन गर्नुको साथै अन्य साहित्यिक कार्यक्रमहरुको तर्जुमा गर्न आग्रह गर्नुभयो।त्यसै गरि प्रमुख अतिथि हिमालय टोन्स म्युजिक एकेडेमी का निर्देशक तथा गायक संगीतकार दिनेश सुब्बाले हिमालयन टोन्स म्युजिक एकेडेमीको प्रकाशन र रबिन बान्तवा खाहोङ राईद्धारा सम्पादन त्रैमासीक बाल पत्रीका ”द पीङ ” को तेस्रो अंकको सामुहिक बिमोचन गर्ने अवशर प्रतिष्ठानले दिएकोमा आफु आभारी रहेको कुरा ब्याक्त गर्दै नेपाली साहित्य प्रतिष्ठान हङकङको प्रगतिको कामना गर्नुभयो।नेपाली साहित्य प्रतिष्ठान हङकङको १५ औं बार्षिकोत्सबलाई समापन गर्दै अध्यक्ष टंक सम्बाहाम्फेले आगामी दिनहरुमा पनि हङकङ नेपाली साहित्य गतिबिधि बढाउन निरन्तर लागि र हङकङमा अर्को सानो नेपालको स्थापना हुदै गएकोले नेपाली भाषा साहित्य र वाङ्गमयको आवश्यकता रहेकोले यसको बिकासको टेवा संस्थाले दिईरहेको कुरा बताउनु भयो।

कार्यक्रम नेपाली साहित्य प्रतिष्ठान हङकङका सदस्यद्वय देश सुब्बा र डीबी पालुङ्गवाले आधा आधा संचालन गर्नु भएको थियो। उक्त कार्यक्रम संचालन गर्ने क्रममा नेपाली साहित्य प्रतिष्ठान हङकङ कार्य उद्देश्य र गतिबिधि समेत प्रष्ट गर्नु भएको थियो दुबैले। सम्पूर्ण कार्यक्रमको फेसबुक लाईभ एचकेनेपाल डट कमको तर्फबाट जगत अम्बु गुरुङ र पत्रकार देबराज राईले गर्नु भएको थियो। १५ औं बार्षिकोत्सबको अध्यक्षता नेपाली साहित्य प्रतिष्ठान हङकङका अध्यक्ष टंक सम्बाहाम्फेले गर्नु भएको थियो।सन् २००१ देखि लगातार हरेक बर्ष कविता गोष्ठी संगसंगै बार्षिकोत्सब नेपाली साहित्य प्रतिष्ठान हङकङले सम्पन्न गर्दै आएको छ।





Comments

comments

Leave a Reply

14507