कोलोराडोबाट यूएस नेपाल न्यूज संचालनमा

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
कोलोराडो अमेरिका। २ अक्टोबर। कोलोराडोबाट संचालित अनलाईन पत्रीका यूएसनेपाल न्यूजको सनिबार एक समारोह बिच अनावरण कार्यक्रम सम्पन्न भयो।

कार्यक्रमका प्रमुख अतिथिद्धय डा.विजयरााज शर्मा र रोहिणी शर्माद्धारा संयुक्तरुपमा उद्धाटन गरिएको कार्यक्रममा स्थानीय संघ संस्थाका प्रतिनिधि, गन्यमान्य, बुद्धिजीवी, व्यवसायी, पत्रकार, यूएस न्यूजका टिम तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो । बु्रमफिल स्थित जाईका रेष्टुरेन्टमा सम्पन्न भएको कार्यक्रमको सुरुमा यूएसनेपाल न्युजका संचालक बिकल पराजुलीले पत्रिका र यसभित्र संगेटिएका बिषय बस्तुहरुका बारेमा प्रष्ट्याएका थिए।

कार्यक्रमको दोश्रो चरणमा उपस्थित प्रमुख अतिथि, अतिथिहरुले यूएसनेपाल न्यूजले सत्य तत्थ्य , खोजमूलक, ज्ञानबर्दक तथा सूचनामूलक समाचार संप्रेक्षण गरि पाठक बर्गसमक्ष सकारात्मक छाप पार्न सकोस भनी उत्तरोत्तर प्रगतिकोलागि शुभकामना दिएका थिए । यसरी शुभकामना दिनेहरुमा प्रमुख अतिथिद्धय डा.विजयरााज शर्मा र रोहिणी शर्मा, अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष पदम बिक, साहित्यकार ज्ञानेन्द्र गदाल, नेपाली जन संम्पर्क समिति अमेरिकाका सल्लाहकार बुद्धि लामिछाने, पूर्ब केन्द्रिय सदस्य जगन्नाथ गौतम, कोलोराडो च्याप्टरका अध्यक्ष गणेशराज भण्डारी, एनआरएन कोलोराडोका अध्यक्ष बासुदेब खनाल, ग्लोवल भुटनिज कमिटी अफ कोलोराडोका अध्यक्ष सोम बराल, नेपाली घरका पूर्व अध्यक्ष नारायण श्रेष्ठ, रकि माउन्टेण्ड फ्रेण्ड् अफ नेपालका सल्लाहकार रमेश गुरुङ, रकि माउन्टेण्ड फ्रेण्ड् अफ नेपालका महासचिव बिनोद त्रीपाठी, नेःवा खलका अध्यक्ष प्रेमकाजी श्रेष्ठ, लायन्स क्लबका सचिब प्रमोद श्रेष्ठ, गायक बसन्त लम्साल, नेपाली घरका उपाध्यक्ष नातिबाबु भट्ट, स्थानीय अमेरिकी कर्क वाकर लगायतका अतिथिहरु रहेका थिए।

मन्तब्यको क्रममा बक्ताहरुले अनलाईन पत्रिकाले शुरुगरेको कोलोराडोमा आज, अमेरिकामा आज, युवा संसार, साहित्यिक शनिबार जस्ता नयां बिषय बस्तुको प्रशंसा गरेका थिए । यसलाई अझ स्तरीय बनाई निरन्तरता दिन सुझाव दिएका थिए।

सुबदा सोतीद्धारा संचालित कार्यक्रममा यूएसनेपाल न्यूजका संरक्षक झलक सोतीले संरक्षका चुनौतीबारे बताएका थिए भने राजु सिटौलाले पत्रिकाको बिश्लेषण गरेका थिए । कार्यक्रमको अन्यमा यूएसनेपाल न्यूजका निरंकार पंथले कार्यक्रममा सहभागी भई कार्यक्रमको सोभा बढाई दिएकोमा उपस्थित सबैलाई धन्यवाद दिएका थिए।





Comments

comments

Leave a Reply

14505