युएईमा ‘बीर विक्रम’ को भव्य प्रदर्शन

त्रिलोचन कोइराला, दुवई –
युएईमा नियमित नेपली चलचित्र पर्दशनी हुने भए भएको छ । युएईमा पहिलोपटक अभिनेता दयाहाङ राईद्वारा अभिनित चलचित्र ‘बीर विक्रम’ भव्यताका साथ प्रदर्शनी भएको हो । मिलन चाम्सको निर्माण र निर्देशनमा रहेको नेपाली कथानक चलचित्र ‘बीर बिक्रम’ युएईका बिभिन्न ९ शहरमा एक साथ पर्दशनी भएको हो।

युएईको इतिहासमा नियमित रूपमा नेपाली फिल्मले एकैपल्ट सबै प्रान्तका ११ वटा सिनेमा हलहरूमा आफ्नो प्रदर्शनी गरेको पहिलोपटक हो। जसमा सिन्धगा मल्टिप्लेक्स बरदुबईमा साँझ ६ बजे प्रदर्शन भएको ्ूविर बिक्रम्ू फिल्मले हाउसफुल भएको नयाँ रेकर्ड बनाउन सफल भएको छ । यसरि हाउसफुल अन्य देशमा निर्माण भएका चलचित्र पनि बिरलै हुने गरेको सिन्धगा मल्टिप्लेक्सका कर्मचारी बताउछन।

युएईका बिभिन्न ९ शहरमा रहेका ११ सिनेमा हलमा सो चलचित्र हेर्न दर्शक तीन तिहाइ भन्दा धेरै दर्शकले हल खचाखच भरिएका थियो । बिर बिक्रम यूएईमा बहुप्रतिक्षित नेपाली चलचित्र थियो।

चलचित्र प्रदर्शनको प्रारम्भ नेपाली दूतावास अबुधावीका कार्यबाहक राजदुत नेत्र टन्डन , नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई, कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालका सालिक सुबेदीले उपस्तिथ दर्शकलाई शुभकामना दिएर गरेका थिए।

युएईमा नेपाली सिनेमा पर्दशनीको बाताबरण कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालका सालिक सुबेदी , राजन अधिकारि सुबाश सिंह ठकुरी (अनिश) पहलमा सम्भब भएको हो र भोक्स फिल्महलको सिन्धगा सिनेमा हल बरदुवइमा युएईमा क्रियासिल बिभिन्न समाजसेबी , ब्यापारी पत्रकार एबम मनोरञ्जन प्रेमी दर्शकको बाक्लो उपस्तिथि रहेको थियो।

चलचित्र पर्दशनीको अबसरमा बक्ताहरुले युएईमा नियमित नेपाली चलचित्र प्रदर्शनी हुनु भनेको नेपाली फिल्मको अन्तर्राष्ट्रियकरण हो ।नेपाली फिल्मको अन्तर्राष्ट्रियकरण, विकास, समृद्धि र प्रगतिपथमा अग्रसर भएकोमा आयोजकलाई बदाई तथा सफलताको कामना दिएका थिए । कार्यक्रम नेपाल पत्रकार महासंघ युएई अध्यक्ष त्रिलोचन कोइरालाले संचालनमा भएको थियो।

चलचित्र भदौ ३ गतेबाट नेपालमा पर्दशनी सुरु गरेको बीर बिक्रमले ५१ दिनको सफल प्रदर्शनी पुरा गरि सकेको छ। युएईको दर्शकले पनि बिर बिक्रम सिनेमा अत्याधिक मन पराएर खचाखच दर्शकको माझ बिभिन्न युएईका बिभिन्न ९ शहरमा रहेका ११ सिनेमा हलमा एक साथ पर्दशनी भएको हो ।

कन्सेप्ट भिजन फिल्म प्राडक्शन एण्ड डिष्ट्रिव्यटर्स नेपालका राजन अधिकारीले दिएको जानकारी अनुसार युएईमा अब नियमित रुपमा बिहीबार , शुक्रबार र शनिबार नेपाली फिल्म चल्छ । केहि दिनमा नै कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालकै ब्यबस्थापनमा कतार, बहराइन, ओमन र थाइल्याण्डमा पनि नेपाली चलचित्र पर्दशनी हुने भएको छ।

फिल्ममा दयाहाङ राई, अर्पण थापा, अनुप विक्रम शाही, नाजिर हुसेनको साथमा नयाँ प्रस्तुतीको रुपमा दीया पुनको मुख्य भूमिका रहेको छ । प्रेम, धोका, बदला र युद्धको कथालाई देखाइएको छ । अन्य फिल्ममा भन्दा दयाहाङ भिन्न देखिएका छन्। एकमात्र नायिका दीयाको वरिपरी घुम्ने ३ युवाको प्रेमकथामा फिल्मको कथा घुमेको छ। नाजिर हुसेन कमेडी रोलमा देखिएका छन।

लण्डन सीने आइ प्रोडक्शनमा यो चलचित्र निर्माण भएको हो । ‘वीर विक्रम’ को संगित ताराप्रकाश लिम्वुले गरेका छन् भने छायाङ्कन, पटकथा, सम्पादन क्रमश रामकुमार केसी, यम थापा र अर्जुन जिसीको रहेको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

14650