Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अफगानिस्तानमा गोर्खा सैनिकहरुले यसरी मनाए दसैं… (भिडियोसहित)

रोनश मेवाहाङ / एचकेनेपाल डट कम –
काबुल, असोज २९ । नेटो सुरक्षाकोलागि खटिएका बेलायती गोर्खा सैनिकहरुले अफगानिस्तानको राजधानी काबुलमा नेपालीहरुको महान चाड बडा दशै धुमधामले मनाएका छन्।

Video:

गोर्खा रेजिमेन्टका दशै कार्यक्रम संयोजक कलर सार्जन्ट नवराज जिमीका अनुसार काबुलस्थित न्यू काबुल कम्पाउण्ड, कार्गा, ताइपन र हमिद कार्जय अन्तर्राष्ट्रिय विमानस्थलमा गोर्खा सैनिक तथा नेपालबाट कामको सिलसिलामा काबुल आएका नेपालीहरुले भब्य दसैँ पर्व मनाएका हुन्। सम्भवतः अफगानिस्तानमा नेपालीहरुले सांस्कृतिक मनोरञ्जनसहित दशैँ पर्व मनाएको यो नै पहिलो पटक हो।

उक्त पर्व मनाउने सिलसिलामा काबुलको विभिन्न ठाँउमा विशेष प्रकारले मनाएका छन्। प्राप्त जानकारी अनुसार कार्गास्थित कलर सार्जन्ट देउमान लावतीको संयोजकत्वमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथै परम्परागत मिष्ठान भोजनसहित विशिष्ट अतिथिहरु विच शुभकामना आदान–प्रदान गर्दै कार्यक्रम सम्पन्न गरियो। यसैगरी विमान सुरक्षामा खटिएका ताइपन समूह र हमिद कार्जय अन्तर्राष्ट्रिय विमानस्थल बेस क्यापमा रहेका गोर्खा सैनिक तथा नेपाली दाजुभाईहरुविच उल्लासमय दशै मनाए।

दोश्रो गोर्खा रेजिमेन्टको हेडक्वाटर रहेको न्यू काबुल कम्पाउण्डमा भने विषेश ढंगले दशै पर्व मनाईएको छ। कार्यक्रमका प्रमुख अतिथि मेजर जेनेरल स्टोरी साथै व्रिगेडियर थोमस उपस्थित रहेका थिए। सांस्कृतिक कार्यक्रमका संयोजक कर्पोरल प्रदीप ईग्नामले गरेका थिए भने कर्पोरल रुपेन्द्र राईले कार्यक्रम संचालन गरेका थिए।

प्रमुख अतिथिलाई माल्यार्पण गर्दै रेजिमेन्टका प्रमुख लेप्टेन कर्णेल जेसि मुरेले स्वागत व्यक्त गर्दै वडा दशैको शुभकामना संन्देश दिएका थिए। कार्यक्रमलाई नेपाली गीत ‘कहिले मिरा’ गायक चेतन भट्टराईले प्रस्तुत गरेर मनोरन्जन दिएका थिए भने उक्त रेजिमेन्टका विजय मगर र संजिबले रमाईलो नृत्य ‘मै नाचे छम छमी’ बोलको नृत्य देखाएर मनोरन्जन प्रदान गरेका थिए।

त्यसैगरी लाहुरेहरुको चर्चित खुकुरी पाटन राजेश चेम्जोङ र दाछिरिङ शेर्पाले सामुहिक रुपमा जोडदार प्रस्तुत गरेका थिए। दोश्रो बटालियन सर्पोट (इम्फाल) कम्पनीका सेकेन्ड इन कमाण्ड क्याप्टेन मिलन चन्द्र राईले फूलपाती, मार र दशैँ कार्यक्रमको मुख्य संयोजन गरेका थिए।





Comments

comments

Leave a Reply

14648