Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मेरिल्याण्डमा नेपालीले दशैं बिदा माग्दै

विजय थापा ,वाशिंगटन डिसी –
गैरआवासीय नेपाली संघ मेरिल्याण्ड शाखाले असोज २६ गते मेरिल्याण्डका गभर्नरलाई दशैंको टीका लगाउने एक दिन नेपाली बिद्यार्थीहरुका लागि मेरिल्याण्ड राज्यमा सरकारी बिद्यालय बिदा गराई दिनको लागि निबेदन दिएको छ।

अमेरिकाको मेरिल्याण्ड राज्यमा नेपालीहरुको जन घनत्व वृद्धि हुदै गइ रहेको अवस्थालाई मध्ये नजर गर्दै सो पहल गरेको संघले बताएको छ।

टीकाको शुभ- मुर्हतमा पनि नेपालीका छोराछोरी पाठशाला जानु पर्ने बाध्यता भएको र अभिभावकले टीका लगाई दिन समेत बन्चित हुनु परेकोले यस्तो कदम चालिएको अध्यक्ष जेदु पोख्रेलले बताए।

हिन्दूहरुको सबै भन्दा ठूलो चाड दशैँ तथा उक्त पवित्र दिनको शुभ मुर्हतमा टीका लगाईदिन बन्चित हुदै गयौ भने अर्को पिढीमा दशैंको महत्वसमेत लोप भएर जाने संभावना बढेर जाने हुनाले नेपाली समुदायको समग्र हितको लागि कदम चालिएको बताए।

उक्त पत्र हस्तान्तरण गर्न गभर्नरको कार्यालय जाँदा गभर्नर कार्य व्यस्तताले गर्दा बाहिर गएकोले उक्त अनुरोध पत्र मेरिल्याण्ड राज्यका पूर्व सिनेटर तथा मेरिल्याण्ड गभर्नरका वरिष्ठ सल्लाहकार मार्टिन म्याडेनलाई बुझाईएको छ।

मार्टिनले कार्यालयमा बुझाउने र यस बिषयमा गभर्नरसंग समेत कुरा राख्ने गएका प्रतिनिधि मण्डललाई आश्वासन दिएका छन्।

निबेदन बुझाउने क्रममा नेपाली भाषालाई पनि मेरील्याण्डको पठन पाठनको पाठ्यक्रममा ऐच्छिक बिषय स्पेनिस, फ्रेन्च तथा चिनिया भाषालाई जस्तै समाबेश गरि मेरिल्याण्ड राज्यको गभर्नर कार्यालयमा अनुरोध गरि निवेदन पत्र बुझाईएको छ।

स्मरण रहोस गत अक्टोबर १ ,२०१६ बाट यहि शाखाको पहलमा मेरिल्याण्ड राज्यमा नेपाली भाषा मै सवारी साधन चालक अनुमति पत्रको परीक्षा दिने व्यवस्था गराएको थियो।





Comments

comments

Leave a Reply

14617