Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सम्पूर्ण ब्रिटिश गोरखाहरूलाई जरुरी सूचना!

सम्पूर्ण ब्रिटिश गोरखाहरूलाई जरुरी सूचना!

गोरखाहरुको करीब ३ दशक लामो समानताको आन्दोलनक्रममा, गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति – युके / नेपालको निर्णायक एवं बलिदानी पूर्ण संघर्षका कारण गोरखाका मुद्धाहरु नेपाल सरकार, बेलायत सरकार र गोरखा सत्याग्रहको त्रिपक्षीय वार्ताद्वारा समाधान गर्न बेलायत सरकार र नेपाल सरकारले तत्परता देखाएका छन।

त्यसका लागि बेलायत सरकारद्वारा आयोजना हुने त्रिपक्षीय वार्तामा “गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिलाई” आव्हान गरिएकोले वार्ताका एजेण्डाका बिषयमा गम्भीर छलफल गरि साझा धारणा निर्माण गर्न सम्पूर्ण जिम्मेवार गोरखाजन्य संघ संस्थाहरु र आम सरोकार वाला गोरखा समुदायलाई अनिवार्य उपस्थित भई आफ्नो राय सुझाव राख्न र आफ्नो हक अधिकारका बिषयमा सुसूचित एवं जिम्मेवार रहन हामी गम्भीरताका साथ आव्हान गर्दछौं।

उक्त बिशेष बैठकद्वारा वार्ताका एजेण्डाहरु बुँदागत रुपमा छलफल गरी अनुमोदन गर्ने र वार्ताका लागि प्रतिनिधि र विज्ञहरु समेत चयन गरिने भएकाले हाल बेलायतमा रहेका सम्पूर्ण न्यायप्रेमी गोरखा दाजुभाई, दिदीबहिनीहरु उपस्थित हुन अत्यावश्यक छ।

यो सार्वजनिक सूचना प्रवाह गरेर पनि बैठकमा अनुपस्थित रही पछिबाट, बैठकको निर्णय र वार्ताका बुंदाहरुमा वा समग्र प्रक्रियामा असहमति, फरक मत या गुनासो प्रकट भए गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति त्यसको जवाफदेयी हुने छैन।

बेलायतभन्दा बाहिर रहनु भएका गोरखा दाजुभाई तथा दिदीबहिनीहरुको वार्ताका लागि आफ्नो सल्लाह-सुझाव भए, संस्थागत वा व्यक्तिगत रुपमा गोरखा सत्याग्रह संघर्ष समितिका अभियान निर्देशक ज्ञानराज राई जीलाई फोन, ईमेल,फेशबुक वा भाइवर का माध्यम बाट सुझाउन ( टिपाउन) सक्नु हुनेछ।

बैठकको मिति, समय र स्थान:
मिति: 22 अक्टोबर 2016 ( सनिश्चरबार )
समय: बिहान 11:30 बजे
स्थान: एम्पायर हल, हाइस्ट्रिट अल्डर्शट
सर्टकोड : GU11 1DJ

गोरखा सत्याग्रह संयुक्त संघर्ष
समिति – युके / नेपाल
मिति १६ अक्टोबर २०१६





Comments

comments

Leave a Reply

14687