Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

लोकमान नियुक्ति विवाद: पत्रिकामार्फत म्यादको सूचना दिने अदालतको तयारी

नियुक्ति वैधानिकताबारे जवाफ लेख्न सर्वोच्च अदालतले दिएको आदेशको म्याद बुझ्न अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्की र उनका परिवारले अस्वीकार गरेपछि सर्वोच्च अदालतले सार्वजनिक सञ्चारमाध्यममार्फत सूचना निकाल्ने तयारी थालेको छ।

म्याद बुझाउन पुगेको सर्वोच्च अदालतको टोलीलाई तेस्रोपटक पनि स्थानीय र कार्कीका आफन्तले अवरोध गरेपछि अदालत सार्वजनिक सञ्चारमाध्यममा ३५ दिने सूचना निकाल्ने तयारीमा जुटेको खबर राजधानी दैनिकले छापेको छ।

सोमबार तेस्रोपटक म्याद तामेलको प्रयासमा पनि वडा कार्यालय, घर बहालमा लिएर बस्ने व्यक्ति तथा कार्कीका आफन्तले असहयोग गरेपछि पत्रिकामा सूचना निकालेर म्यादको सूचना दिने तयारीमा जुटेको अदालत प्रशासन स्रोतले बतायो।

उनको नियुक्तिलाई चुनौती दिँदै दायर रिट निवेदनलाई पुनः सुनवाइ गर्ने आदेश दिँदै अदालतले कार्कीसँग लिखित जवाफ मागेको थियो। अदालतको आदेशअनुसार बानेश्वरस्थित कार्की निवासमा पुगेको सर्वोच्च अदालतको टोलीलाई सोमबार पनि अवरोध गरिएको हो । कार्कीको घरमा भाडा लिएर बस्ने व्यक्ति र कार्कीका नातेदारले अदालतको म्याद टाँस गर्न नदिएपछि तामेलीका लागि पुगेको टोली म्याद नै नटाँसी फर्किएको छ।

कार्कीलाई विपक्षी बनाई दायर रिटमा उनको ठेगाना बानेश्वर उल्लेख भएका कारण अदालतले सोही ठेगानामा म्याद तामेलको प्रक्रिया अघि बढाएको हो। प्रमुख आयुक्त कार्की विदेशमा भएका कारण उनलाई बुझाउन नसेकपछि अदालतका तामेलदारले घरमा म्याद टाँस गर्ने प्रयास गर्दै आएका छन्।





Comments

comments

Leave a Reply

14685