Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कोलोराडोमा नेपालीले बृक्षरोपण गरे

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
कोलोराडो अमेरिका। कोलोराडोमा नेपालीहरुको सकृयतामा गठित हिमालयज लायन्स क्लब लङमन्टको आयोजनामा शनिबार एक रमणीय पार्कमा बृक्षरोपण गरिएको छ।

लङमन्टकोस्थित जिमहाम पार्कमा सम्पन्न बृक्ष रोपण कार्यक्रममा विभिन्न जातका रुखहरु रोपिएका थिए । रोपिएका रुखहरु बिभिन्न व्यक्तिहरुले आफ्नो दिवांगत बाबु आमाको सम्झनामा रोप्न सहयोग गरेका हुन्।

यसरी सहयोग गर्नेहरुमा धर्मराज श्रेष्ठले बाबु सुर्यबहादुर श्रेष्ठ र हालै दिबंगत आमा छन्दकुमारी श्रेष्ठको संझनामा, जोशन श्रेष्ठले बाबु रामबहादुर श्रेष्ठको संझनामा, नारायण श्रेष्ठ र शोभा श्रेष्ठले बाबु पुर्णकुमार श्रेष्ठको संझनामा, क्रान्ति गौलीले बाबु शिबकुमार गौलीको संझनामा, नरकुवेर राईले हालै दिबंगत आमा डलीमायां राईको संझनामा बृक्षरोपण गर्न सहयोग गरेका हुन्।

बृक्षरोपण कार्यक्रममा लायन्सका ६ नर्थ ईष्टका डिष्टीक गर्भनर केननोर गिल, डिष्टिक क्याबिनेट सेक्रेटरी मिगेल गिल, ग्वोवल मेम्बर चेयर पर्शन केवमेण्डल हल, हिमालयज लायन्स क्लबका अध्यक्ष जोशन श्रेष्ठ, सचिव प्रमोद श्रेष्ठ, ब्लड डोनर्स अफ अमेरिकाका भुषणलाल श्रेष्ठ लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो।

अमेरिकाको नियम अनुसार सर्बजानीक स्थानमा बृक्षरोपण गर्दा स्थानीय सिटीको अनुमतिमा मात्र गर्न सकिन्छ । उनीहरुले कुन ठाउंमा कुन जातका बिरुवा लगाउने भनेर अनुमति दिएपछिमात्र यस्ता कार्यक्रमहरु गर्न सकिन्छ।





Comments

comments

Leave a Reply

14682