Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

राई इज किङको कोलोराडोमा धमका…

एचकेनेपाल डट कम संवाददाता –
कोलाराडो। पूर्णिमाको अवसर पारेर किरात सोसाइटी अफ डेन्वर कोलोराडोले आयोजना गरेको हाङ जिते दस्ती साँझमा सर्वाधिक सफल र व्यस्त गायक राजेशपायल राईको धमाकेदार प्रस्तुती रह्यो।

कार्यक्रममा उनले तिमीले बाटो फेर्यौ अरे, दर्पण छायाँ २, नाई नभन्नु ल, दर्शन नमस्ते, किन यति धेरै माया लाग्छ नि हाउ, ठूली, माली हाई गाईको, बसमा छैन यो मनलगायत दर्जनौ गीतले भरपूर मनोरञ्जन दिए।

माङ्गखिम चुला घरको निर्माण सहयोगार्थ आयोजित उक्त कार्यक्रममा दर्शकको खचाखच उपस्थिति थियो।

कार्यक्रममा किरात सोसाइटीका अध्यक्ष चन्द्र राई, भूपू अध्यक्ष आकाश राई, संयोजक भीम क्षितिज राई, देबेन्द्र राई, दिवस राई, रोशन राईलगायतको टिमले कार्यक्रम अत्यन्त सफल रहेको बताए।

कार्यक्रममा स्थानीय कलाकार तथा यही डेन्भरमा बस्दै आईरहेका लोकगायक महेश बुढाथोकीको पनि प्रस्तुती रहेको थियो।

यहाँको कार्यक्रमपछि गायक राई ओरेगनको लागि प्रस्थान गर्नेछन्। उनी २४ नोभेम्बरसम्म अमेरिकामा रहने छन्।





Comments

comments

Leave a Reply

14678