Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सैनिक क्याम्पभित्रै पसेर आफ्गानिस्तानमा २ अमेरिकी सैनिकको हत्या, गोर्खा सैनिक सकुशल…

रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम-
कावुल, ८ कार्तिक । कावुलस्थित सैनिक वेस क्याम्पभित्र अफगान सैनिकको पोशाक लगाएर छिरेका आतंककारीले दुई अमेरिकी सैनिकको हत्या गरेका छन्।

नेटो अधिकारीहरुका अनुसार दुई अमेरिकी सैनिकको हत्या साथै केही अन्य सैनिक र दुई अमेरिकी नागरिक सख्त घाइते भएको जनाइएको छ। अफगान सुरक्षाका लागि खटिएका अमेरिकन कमाण्डर जेनेरल जोन निकोल्सनले भने ‘ कुनै पनि समयमा युद्धमा आफ्ना सहकर्मी गुमाउँनु पर्दा गहिरो चोट पुगेको बताए।

अफगान गृह मंन्त्रालयका प्रवक्ता जेनेरल दौलत वाजीरीले भने ‘सैनिक वेस क्याम्पभित्र आक्रमणकारी कसरी छिर्न सके’ यस विषयमा गम्भिर रुपमा अनुसन्धान गरिने बताए।

उक्त घटना पछि आतंककारीलाई सुरक्षामा खटिएका सैनिकले गोली हानि हत्या गरिएको एक गोर्खा सैनिकले बताए। ७ महिना अघिदेखि नेटो सुरक्षाका लागि बेलायती गोर्खा सैनिकहरु पनि अफगानिस्तानको राजधानीमा खटिरहेका छन्। उनका अनुसार हत्या गरिएका अमेरीकन सैनिकहरुले अफगान सैनिकहरुलाई सुरक्षा सम्वन्धी तालिम संचालन गराईरहेका थिए।

यस्तो आन्तरिक हमला सन् २०१२ मा सवै भन्दा धेरै रहेको नेटो सुरक्षा अधिकारीहरुले जनाएको छ । जुन वर्ष मात्र वेस क्याम्पहरुभित्र ४४ वटा आन्तरिक हमलाका कारण १५ प्रतिशत नेटो सुरक्षाकर्मीहरुले ज्यान गुमाएका थिए।





Comments

comments

Leave a Reply

14719