Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

महाअभियोगका प्रस्तावक सांसद शाहीलाई ज्यान मार्ने धम्की: ‘९ गतेसम्म कसैले मलाई मारेन भने प्रस्ताव अगाडि बढ्छ’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंहका विरुद्ध महाअभियोगका प्रस्तावक माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीलाई ज्यान मार्नेसमेत धम्की आएको छ । तैपनि महाअभियोग संसदबाट पारित हुनेमा उनी ढुक्का छन् । उनी भन्छन्, ‘मलाई नौ गतेसम्म कसैले मारेन भने प्रस्ताव अगाडि बढ्छ ।’

आन्तरिक सूचनाका आधारमा गम्भीर प्रकारकै समस्या आउने बुझियो । लोकतन्त्र, गणतन्त्र, अहिलेको नयाँ संघीय संविधान निर्माण र कार्यान्वयनका लागि महत्वपूर्ण भूमिका निभाएका, जो परिवर्तनका पक्षमा उभिंदै आएका शक्तिहरुलाई उहाँले टार्गेट गर्ने देखियो ।

महाअभियोग लगाउनु धेरै ढिला भयो, पहिले नै लगाउनु पर्थ्यो । मलाई महाअभियोग लगाउँछन् यिनीहरुले त्यसैले मैले जतिसक्दो चाँडो यिनीहरुलाई ठीक पार्नुपर्छ भन्नेमा उहाँ (लोकमान) मा लागेको देखियो। कान्तिपुर दैनिकमा खबर छ।

उहाँको विदेश बसाईका गतिविधिहरु, पशुपतिको वनकालीमा भारतीय मान्छे सामेल गराएर कार्यक्रम गर्नु, त्यहाँ पूर्वराजा ज्ञानेन्द्र शाहले केही घोषणा गर्नु र कमल थापाजस्ता मान्छे गएर बोलेर समर्थन गर्नुदेखि लिएर सबै डिजाइनहरु हेर्दा फेरि मुलुक प्रतिगमनतिर जान्छ कि भन्ने लाग्यो । भयानक दुर्घटना निम्तने परिस्थिति सिर्जना भएको थियो।

मुलुकलाई गम्भीर दुर्घटनाबाट बचाउनका लागि नै लोकमानसिंहविरुद्ध महाअभियोग लगाउने आकस्मिक निर्णय लिनु परेको हो। सबैको साझा धारणा लिएर मात्रै महाअभियोग लगाउँला भनेको भए हामीलाई भीमकाय पहाड साबित हुन्थ्यो।

तर, त्यसमा सहमत भए पनि दुई/चार महिना त्यसै जान्थ्यो । महाअभियोगको पक्षमा निर्णय लिने कुरा गाह्रो थियो । मिडियाले लोकमानविरुद्ध अभियान चलाउँदा, सामाजिक सञ्जाल र सडकमा नागरिक दबाब हुँदासमेत पार्टीहरुले निर्णय लिन सकेका छैनन्।

लोकमानविरुद्ध आकस्मिक रुपमा महाअभियोग प्रस्ताव दर्ता नगरेको भए पार्टीहरुले चाँडो निर्णय गर्ला भन्ने थोरै आशा पनि गरेको थिइनँ। त्यसकारण हामीले अचानक महाअभियोग प्रस्ताव संसदमा दर्ता गरेका हौं ।





Comments

comments

Leave a Reply

14725