Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पूर्व सांसद हितकाजी गुरुङको शव्द संगीतमा तमुवान गीत रेकर्ड

फाईल फोटो

हुम तमु / एचकेनेपाल डट कम –
पोखरा, पहिचानसहित तमुवान प्रदेशको मागलाई सांगितीक माध्यमबाट आवाज बुलन्द गर्नका लागि तमुवान गीतको रेकर्डिङ्ग गरिएको छ । जहाँ गए पनि, जहाँ रहे पनि सम्झ है मनैमा, तमुवान तमुवान तमुवान लगाएको शब्द रहेको तमुवान गीतको तयारी भएको हो।

पूर्व सांसद हितकाजी तमुको शब्द र संगीत रहेको गीतमा सर्वज्ञमान शाक्य, रुबी गौली, चन्द्र तामाङ मुस्कान र अबिनास तामाङको स्वर रहेको छ।

तमुवान जागरणका लागि तयार पारिएको गीतको रेकर्ड पोखरा १० हस्पिटलचोकस्थित भकारी एडटाईजिङ्ग स्टुडियोमा रेकर्ड गरिएको हो।

पूर्व सांसद हितकाजी तमुद्धारा लिखित एंव संगीत रहेको तमुवान जागरणमूलक गीतहरु केही समयअगाडि तमुवान साँस्कृतिक समूहले कास्की र लमजुङमा प्रस्तुत गर्दै साँस्कृतिक जागरण अभियानमा समेत प्रस्तुत गरेको थियो।





Comments

comments

Leave a Reply

14751