Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

तिहार सुरु, आज काग तिहार ! किन मनाईन्छ तिहार यस्तो छ रोचक प्रसंग..

एचकेनेपाल डट कम संवाददाता –
१२ कात्तिक । नेपाली हिन्दूहरुको दोश्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ। कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म ५ दिन मनाइँने तिहारअन्तर्गत पहिलो दिन आज काग तिहार परेको छ। ती पाँच दिनसम्म यमराज पनि आफ्ना दैनिक काम स्थगन गरी बहिनी यमुनाकहाँ अतिथिका रूपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ।

आज कागको पूजाआजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ। वैदिक मान्यताअनुसार कागलाई यमदूतका रूपमा समेत मान्ने गरिन्छ। आजको दिन कागलाई पूजाआजा गरी खान नदिई आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ।

यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा आज धार्मिक मान्यताअनुसार कागलाई पूजा गरी विविध खानेकुरा दिइन्छ। हाम्रो समाजमा कागलाई सन्देशवाहकका रूपमा पनि लिइन्छ। कसैको घरआँगनमा एकाबिहान काग कराएमा त्यस घरमा पाहुना आउने विश्वास गरिन्छ। यो दिन कागको पूजा नगरी खाएमा पापको भागी बनिन्छ भन्ने विश्वास छ।

लक्ष्मीपूजा र गोवर्द्धन पूजाको दिन केटाकेटी तथा युवायुवतीहरू घरघरमा गई खेलिने देउसी–भैलोले यस पर्वलाई अझ उल्लासमय बनाउँछ। यतिबेला घरआँगन र खेतबारीका आली–कान्लामा ढकमक्क फुलेका सयपत्री, मखमली र गोदावरी फूलले वातावरण रमणीय बन्दछ। यमपञ्चकको अन्तिम दिन दाजुभाइ, दिदीबहिनीले आपसी स्नेह, सत्कार तथा पूजा गरी भाइटीका मनाउँदा दाजुभाइको यश तथा आयु बढ्ने र उनीहरू सुखी तथा सम्पन्न हुने विश्वास गरिन्छ।

वैदिक कालमा बलि राजाले आफ्नो राज्यभरि झकिझकाउका साथ दीपावली गरेर विष्णुलाई खुसी तुल्याएकाले यमपञ्चकभर तीनै लोकको राज्यभोग गर्न पाउने वरदान पाएको तथा यस अवधिमा धनकी देवी महालक्ष्मीले सबैको घरमा बास गरी धनधान्यले पूर्ण पारिदिएको कथा पनि यो पर्वसँग जोडिएको छ। यमपञ्चकका बेला यमराजको सम्मानमा आ–आफ्नो घर सफासुग्घर राखी, पारस्परिक द्वेषभाव हटाई दीपावलीका साथ पूजाआजा गर्नाले त्यस घरमा मानिसको अकाल मृत्यु नहुने धार्मिक ग्रन्थमा उल्लेख छ।

लक्ष्मीपूजादेखि भाइटीकासम्म सबैतिर सफा राखी दैलो–सङ्घार, झ्याल, ढोका, चोटा, कोठा, अटाली, कौसी, बरन्डा, भर्‍याङ आदि ठाउँमा झलमल्ल गरी बत्ती बालिने हुनाले यस चाडलाई दीपावली पनि भन्ने गरिन्छ।

यमपञ्चकको चौथो दिन नेवार सम्प्रदायमा म्हः पूजा (आत्म पूजा) गर्ने प्रचलन छ।





Comments

comments

Leave a Reply

14758