आमीर खानको “दंगल”को ट्रेलरले बनायो इतिहास

अभिनेता आमीर खानको आगामी फिल्म ‘दंगल’को ट्रेलरले इतिहास बनाइदिएको छ । युट्युबमा रिलिज भएका फिल्मका ट्रेलरमा सबैभन्दा धेरै हेरिने यही फिल्मको ट्रेलर बनेको छ।

रिलिज भएको २४ घन्टामा यो फिल्मको ट्रेलर सबैभन्दा धेरै हेरिएको छ। ट्रेलर रिलिज भएको ६ दिनमा यसलाई २४ करोडभन्दा धेरैले हेरेका छन्।

आमीर खानको दंगल बायोपिक फिल्म हो । यो हरियाणाका पहलमान महावीर सिंह फोगटमाथि बनेको फिल्म हो। फिल्ममा आमीरले उनको भूमिकामा खेलेका छन् ।

ट्रेलरमा आमीरको अभिनय र बोलीको व्यापक प्रशंसा गरिएको छ। उनले हरियाणवी (हरियाणामा बोलिने भाषा) शुद्ध बोलेको भन्दै दर्शकले उनलाई ‘मिस्टर पर्फेक्सनिस्ट’समेत भनेका छन्। (नयाँपत्रिकाबाट)

हेर्नुहोस् भिडियोः





Comments

comments

Leave a Reply

14761