डिसीमा इन्द्रजात्रा धुमधामले मनाइयो

विजय थापा / एचकेनेपाल डट कम –
भर्जिनिया। अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापना भएको नेवाह अर्गनाइजेसन अफ अमेरिकाले इन्द्र जात्रा नेपाल कै जस्तै गरि भब्यताको साथ सम्पन्न गरेको छ। संस्कृति ,परम्परा तथा भाषालाई रक्षा, सम्बर्धन तथा प्रबर्धन गर्ने उद्देश्यले स्थापना भएको नेवारी समुदायको संस्थाले चौथो पटक इन्द्र जात्रा मनाएको हो।

अमेरिकामा जन्मिएका, आउने नयाँ पिढीलाई नेपाल भाषा तथा आफ्ना संस्कृति ,परम्परा बारेमा अवगत गराउने ,संस्कृतिलाई लोप हुन् नदिन संस्था स्थापना भएको अध्यक्ष रामलाल श्रेष्ठले बताए। नेवाह अर्गनाइजेसन अफ अमेरिका (एनओए )का पण्डित बासव राजोपाध्यायले इन्द्र जात्रा र हाम्रो जीवनमा यसको महत्व बारेमा बोलेका थिए भने नेपाली दूतावासका उपनियोग प्रमुख नारायण मैनालीले शुभकामना दिएका थिए।

कार्यक्रममा वर्षा भएता पनि उपस्थिति उल्लेखनीय रहेको थियो। इन्द्र जात्रा हेर्न अमेरिकाको वाशिंगटन डिसी ,भर्जिनिया तथा बाल्टिमोर बाहेक बोस्टन ,न्युयोर्क ,पेंसेलभानिया ,मिसीसिपि ,कोलोराडो राज्यहरुबाट अतिथिहरु आएका थिए। आधा भन्दा ज्यादा सहभागीहरु नयाँ अनुहार देखिएको नेवाह अर्गनाइजेसन अफ अमेरिकाका अधक्ष्य राम लाल श्रेष्ठ बताए। संस्कृति र चाड पर्व हेर्न यसरी आउने क्रम बढ्दा खुशी लागेको बताए।

यसै अवसरमा नेपाल भाषा तथा प्रसिद्ध कबि दुर्गा लाल श्रेष्ठको पुस्तक ”बोल्सम अफ सिक्सटिफोर सनसेट ”भन्ने नेपाल भाषा तथा अंग्रेजीमा अनुवाद भएको पुस्तकको बिमोचन संस्थाका प्रथम अध्यक्ष बेद प्रधान, नेपाली दूताबासका उपनियोग प्रमुख नारायणप्रसाद मैनाली तथा पिसकर्ब अन्तर्गत सानो ठिमिमा शिक्षक रहेकी अमेरिकन महिला न्यान्सी क्षेत्रीद्वारा सयुक्त रुपमा गरिएको थियो।

जनकबि दुर्गालाल श्रेष्ठले इन्द्र जात्राको अवसरमा शुभकामना पठाएका थिए। अतिथिहरुलाई परम्परागत नेवारी परिकारका खानासहित समयबजी निशुल्कमा खुवाईएको थियो।





Comments

comments

1476