Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मायाको बहाना खोज्दै गायिका मेलिना

रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम–
लण्डन, गीतकार तथा संगीतकार उत्तमजंग लिम्बुको रचना मायाप्रेममा आधारित ‘लेकमा फुल्ने लाली गुराँस’ बोलको म्युजिक भिडियो गायिका मेलिना राईले आफ्नो सामाजिक संजाल युट्युव मार्फत सार्वजनिक गरेकी छन्।

गीतकार उत्तम लिम्बुको मायाप्रेममा सजिएको रचनालाई चर्चित गायिका मेलिना राईले मधुर स्वर दिएकी छन् । एउटा सुन्दर जवानीलाई हरेक उपमाले नामकरण गर्दै कहिले लेकमा फुल्ने लाली गुराँस त कहिले जाइ जुइ चमेली जस्ता सुन्दर विम्बुहरुले मिठो माया र सम्वोधनको भाव उत्तम जंग लिम्बुले प्रस्तुत गीतमा झल्काएका छन्। नायिका रिश्मा गुरुङ र गम्भिर विष्ट अभिनीत भिडियोमा गायिका मेलिना राईको फिचरिङ रहेको छ। सान थापाद्वारा निर्देशित ‘मेलिना’ एल्वमको यस गीतलाई फनिन्द्र राईले एरेन्ज गरेका छन्।

साङ्गीतिक क्षेत्रमा छुट्टै आवाज लिएर आईरहेकी साथै आधुनिक परिबेशमा नेपाली साङ्गीतिक आकाशमा उडिरहेकी मेलिना राईले नेपाली फिल्म नाई नभन्नु ल ३ को गीतले सांगीतिक लोकप्रियता हासिल गरिसकेकी छन्। वि. स. २०६५ सालमा रेडियो नेपालद्वारा आयोजित राष्ट्रिय प्रतियोगितामा गीतकार भुपाल राई र संगीतकार डाक्टर किराँतको ‘सुनको केश धोए सुनकोशीमा, दुधको मुख धोए दुधकोशीमा,तर दुई किनार झै धित खोलेर, भित्री मन धुने कुन कोशीमा’ गीतहरु लिएर उनले पहिलो एल्बम ‘बहार’ बाट चर्चामा आईकी हुन्।

हेर्दा जति चंचल देखिए पनि वास्तबमा घरको अनुशासन र बुबाको मार्गदर्शनमा संगीतको शिक्षा सानो उमेरबाटै सुरुवात गरेकी हुन् । कलिलो उमेर १२ बर्षकी हुदै उनले बुबा जिबेश राईको शव्द रचना र संगीतमा ‘हिमालको काखमा छ यति सुन्दर देश’ बोलको राष्ट्रिय गीत रेकर्ड गरेकी थिईन्। जुन गीत नेपाली आम स्रोताहरुको मन मुटुमा बस्न सफल भएको थियो । स्रोता दर्शकहरुको प्रेरणाले मेलिनालाई आजसम्म पनि नेपाली सांगीतिक आकाशमा पछाडि फर्किनु परेको छैन।

आकाशमा करोडौ ताराहरुको बिचमा एउटा ध्रुब तारा जति चम्किलो हुन्छ,उसै गरी, सयौ गायिका मध्येकी एक गायिका हुन् मेलिना राई । मेलिना राई, आज नेपालको सबै भन्दा ब्यस्त गायिका हुन् । प्रेम र बिबाह भन्दा, आफ्नो करियरलाई प्राथमिकता दिइरहेकी राईले त्रिभुवन विश्व विद्यालयबाट अंग्रेजी विषयमा स्नातक गरी सकेकी छन्। सांगीतिक यात्रासंगै स्नातकोत्तरको अध्ययन पनि अघि बढाउने उनले बताईन्।

नेपाल फिल्मी उद्योगका पाश्र्वगायनमा जादूमय स्वर सजिएको फिल्म ‘नाई नभन्नु ल ३’ को ‘कम्मरमाथि पटुकी’ बोलको गीतले उनलाई सांगीतिक रंगमञ्चको उच्च शिखरमा पुर्यायो । पछिल्लो समय नेपाली फिल्म ‘क्लासिक’को ‘प्रकृतिको सुन्दर’ बोलको गीतले उनलाई थप उचाई प्रदान गरेको छ।

नेपाली फिल्म उद्योगमा पाश्र्व गायनमा उनको सम्भावना झन् दरिलो हुदै गएको छ । उनले गाएको नेपाली फिल्मी हाऊ फन्नीको ‘शिरैमा सिरबन्दी’, नोभेम्बर रेनको ‘पल भरमै खुसी’ , नाईकेको ‘लोभी भमरा’ , पुन्टे परेडको ‘डुब्दै गएं म’ साथै ‘तिमीले बाटो फेर्यौ अरे’ जस्ता दर्जनौ गीतहरुले दर्शक श्रोताको मन जितेकी मेलीना अहिले स्वदेश तथा विदेशका स्टेज कार्यक्रमहरुमा व्यस्त रहेकी छिन्।





Comments

comments

Leave a Reply

14765