Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

देउसीभैलोबाट सहारा एकेडेमीलाई ५ लाख संकलन

दिननाथ बराल / एचकेनेपाल डट कम –
पोखरा १९ कार्तिक। पोखराको सहारा क्लवद्धारा संचालित सहारा एकेडेमीको सहयोगार्थ यस बर्ष खेलिएको देउसी भैलो कार्यक्रमबाट करीब ५ लाख रुपैया संकलन भएको छ।

नेपालीहरुको दोश्रो ठूलो चार्ड तिहार पर्वको अवसरमा नेपाली संस्कृतिको संरक्ष्ण गर्दै सहारा एकेडेमीको सहयोगार्थ खेलिएको देउसी भैलो कार्यक्रमबाट सहारा एकेडेमीको सहयोगार्थ ४ लाख ९२ हजार ४ सय ९९ रुपैया संकलन भएको क्लवका अध्यक्ष विरभद्र आचार्यले बताए।

कात्तिक १३ देखि १७ गतेसम्म पोखराका विभिन्न स्थानहरुमा खेलिएको देउसी भैलो कार्यक्रमबाट एकेडेमी संचालनको लागि संकलन भएको उक्त रकमले धेरै सहयोग हुने क्लवका अध्यक्ष आचार्यले बताए । उनले भने “ क्लवको स्थापनादेखि हरेक बर्ष हामीले तिहारमा देउसी भैलो कार्यक्रम गर्दै आएका छौं, एकेडेमी संचालनको मुल आयश्रोत आहा रारा गोल्ड कप हो भने दोश्रो दिगो आयश्रोतको रुपमा हामीले देउसी भैलोलाई लिएका छौं ।” क्लवको हरेक गतिविधिमा प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्नु हुनेप्रति अध्यक्ष आचार्यले धन्यवाद तथा आभार व्यक्त गरेका छन। क्लवका सदस्य कलाकार, एकेडेमीका वालकसहित क्लवका पदाधिकारीहरु कार्यक्रममा सहभागी भएको बरिष्ठ उपाध्यक्ष केशव बहादुर थापाले बताए।

क्लवद्धारा निर्मित सुविधा सम्पन्न आवास गृह सहारा एकेडेमी दोबिल्ला पोखरा–१७ मा हाल १६ जिल्लाका २८ जना बालकहरु रहेको महासचिव केशवराज बरालले बताए। आहा रारा गोल्ड कप, देउसी भैलो कार्यक्रम र विभिन्न दाताहरुले दिएको सहयोगबाटै क्लवले उनीहरुको निशुल्क शिक्षा दिक्षा,स्वास्थ्य,फुटबल प्रशिक्षणलगायत भरणपोषण गर्दै आएको बरालले जनाए।

तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम





Comments

comments

Leave a Reply

14847