Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

हङकङको चाईनिज युनिभर्सिटीमा नेपाली चलचित्र प्रदर्शन गरिने

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, ४ नोभेम्बर । हङकङको चाईनिज युनिभर्सिटीमा नेपाली चलचित्र द नेकलेस (सिमाला) प्रदर्शन गरिने भएको छ।

चलचित्र नोभेम्बर १० तारिख साँझ चाईनिज युनिभर्सिटीमा प्रदर्शन गरिन लागेको चाईनिज युनिभर्सिटीका वाईमन ताङले जानकारी दिए। निःशुल्क प्रदर्शन गरिन लागेको चलचित्र हेर्न इच्छुक महानुभावहरुलाई उपस्थितिको लागि हार्दिक आग्रह गरिएको छ।

चलचित्र प्रदर्शनपछि निर्देशक रुद्र गुरुङ र सिनेमाटोग्राफर डेबिड चाउले चलचित्र सिमालाबारे अनुभव बाँड्ने र चलचित्रसम्बन्धी बहसको कार्यक्रम रहेको छ।

हिमाल पारी मुस्ताङको सेरोफेरोमा केन्द्रित चलचित्र सिमाला बिदेशीसंगको सहकार्यमा निर्माण भएको नेपाली चलचित्र हो। निर्देशक गुरुङले हङकङका सिनेमाटोग्राफर डेबिड चाउसंग मिलेर निर्माण गरिएको सिमालामा मुस्ताङ वरिपरिका मनै छुने दृश्यहरु देख्न सकिन्छ।

सिमाला यसअघि पनि गत जुन महिनामा युन लङ थियटरमा प्रदर्शन भएको थियो।

थप जानकारीको लागिः





Comments

comments

Leave a Reply

14849