बेलायतवासीबाट स्याङ्जा लामडाँडा अग्नीपीडितलाई ८ लाख सहयोग

भुपाल गुरुङ / एचकेनेपाल डट कम –
पोखरा, १९ कार्तिक। आगालागीबाट गाँउ नै ध्वस्त भएको स्याङजा मनकामना ७ लामडाँडा गाँउ पुर्ननिर्माणका निमिक्त युकेवासी नेपालीले अार्थिक सहयोग गरेका छन्।

हङकङवासी नेपालीहरुले लामडाँडा अग्नी पीडितहरुका लागि नगद ८ लाख रुपैयाँ प्रदान गरेका हुन्। बेलायतमा संकलन भएको उक्त रकम आंधीखोला सेरोफेरो तमु समाजका निवर्तमान अध्यक्ष फत्त गुरुङलगायत समाजका सदस्यहरु खुम गुरुङ र प्रेम गुरुङको उपस्थितिमा हस्तान्तरण गरिएको हो। एकद्वार प्रणालीबाट राहत वितारण गरिने सरकारी नियम अनुसार राहत रकमको चेक लामडाँडा दैवी प्रकोप समितिका संयोजक एवम गाविस सचिव डिल्लीराम चापागाँईलाई हस्तान्तरण गरिएको छ।

कार्यक्रममा अध्यक्ष गुरुङले बेलायतबाट संकलित रकमले अग्नीपिडितहरुको घाउमा मलाम लगाउन सहयोग पुग्ने दावी गर्नुभयो। उहाँले पीडितहरुको घर पुर्ननिर्माणमा ढिलाई हुन नहुने जिकिर समेत गर्नुभयो । उहाँले घर निर्माणको अधिकांश रकम संकलन भइसकेको भन्दै पुर्ननिर्माण थाल्न अनुरोध पनि गर्नुभयो।

त्यसैगरी स्थानीय समाजसेवी एवं लेफ्टीनेट चौ बहादुर गुरुङले अग्नीपिडितका नाममा आएको रकमलाई दुरुपयोग हुन नदिने प्रतिवद्धता जनाउनुभयो। उहाँले आगालागीबाट ध्वस्त बनेका घरहरु छिट्टै पुर्ननिर्माण हुने अश्वासन दिनुभयो।

राहत वितारण कार्यक्रममा बोल्दै लामडाँडा दैवी प्रकोप समितिका संयोजक एवं गाविस सचिव डिल्लीराम चापागाँईले हाल सम्म ५५ लाख ४१ हजार संकलन भइसकेको जानकारी दिनुभयो। उहाँले पीडितहरुलाई पहिलो किस्ता स्वरुप प्रति परिवार १ लाख वितारण भइसकेको बताउनुभयो। यस संगै पीडितहरुले घर निर्माण थालेका छन। गत बैशाख १८ गते आँगलागीबाट २३ घर पूर्ण रुपमा नष्ट भएको थियो । आगालागीबाट नष्ट भएका घर निर्माणका लागि करिव १ करोड १५ लाख लाग्ने अनुमान गरिएको छ। हाल सम्म ६६ बण्डल जस्तापाता, काठ उपलब्ध भइसकेको छ।





Comments

comments

Leave a Reply

14864