बेलायतवासी सम्पूर्ण गोरखा दाजुभाइ, दिदीबहिनीहरुका लागि अत्यन्त जरुरी सूचना!!!

बेलायातावासी सम्पूर्ण गोरखा दाजुभाइ, दिदीबहिनीहरुका लागि अत्यन्त जरुरी सूचना!!!

गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिद्वारा ७ नोभेम्बर २०१६ का दिन १० डाइनिङ् स्ट्रिट लण्डनमा बिशाल घोषणा सभा आयोजना गरेकाले सम्पूर्ण गोरखा दाजुभाइ, दिदीबहिनीहरुलाई अनिवार्य उपस्थित हुन यो सूचना जारी गरिएकोछ।

गोरखाहरुमाथि भएका सबै प्रकारका बिभेदहरु बेलायत सरकारलाई ७ नोभेम्बर २०१६ अघि अन्त्य गर्न अन्तिम समयसीमा दिदै त्यसो नगरिए ७ नोभेम्बरबाट सामुहिक रिले अनशन हुदै आमरण अनशन अख्तियार गर्ने अल्टिमेटम दिएको थियो।

“अनशन” को पूर्ण तयारी भईइरहेको बेला ४ नोभेम्बर २०१६ का दिन बेलायती रक्षा मन्त्रीले नेपाली राजदूतलाई गोरखाका समस्याबारे चाडै वार्ता गर्ने, त्यसका लागि गोरखा सत्याग्रहलाई आह्वान गरिदिन र बेलायत नगरिदिन अनुरोध गर्दै लेखिएको पत्रको प्रतिलिपि प्राप्त भएकोछ। सोही दिन नेपाली दूतावास लण्डनले पनि नेपाल सरकारका तर्फबाट वार्ताद्वारा समस्या समाधान गरिने प्रतिबद्धता जनाउदै एक विज्ञाप्ति जारी गरि “अनशन” स्थगन गरिदिन अनुरोध गरेकोछ।

अब गोरखा सत्याग्रह कसरी अघि बढ्छ ? अनशन या वार्ता ? यी सबै बिषय र परिस्थिति बुझ्न अनि यो महत्वपूर्ण घडीमा सहभागी बन्न अनिवार्य उपस्थित हुनुहोला।

हामी स्वाभिमानी गोरखाहरु आफ्नै पौरख खान्छौं, अरुले दिएको, अरुको पसिना खादैनौं। त्यसैले यो आन्दोलनमा सबैको योगदान जरुरी छ। किन कि यो आन्दोलनबाट प्राप्त हुने सुबिधा सबैका लागि हो।

त्यसर्थ तल दिएको समय र स्थानमा अनिवार्य उपस्थित भई ऐतिहासिक आन्दोलनमा सहभागी बनौ।

मिति: ७ नोभेम्बर २०१६ ( सोमबार)
समय: ११:३० बजी (बिहान)
स्थान: १० (टेन) डाउनिङ स्ट्रिट – लण्डन

गोरखा सत्याग्रह संयुक्त
संघर्ष समिति-युके/नेपाल
मिति: ५ नोभेम्बर २०१६

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

14862