Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

धुर्मुस-सुन्तलीको फिल्म देखाउँदै मन्त्रालय

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरेको चलचित्र प्रदर्शन गर्न गराउन जिल्ला विकास समितिहरुलाई परिपत्र गरेको छ।

फाउन्डेसनद्वारा निर्मित सो चलचित्र ‘प्रथम नेपाली बालमैत्री चलचित्र’ भएको दाबी गर्दै मन्त्रालयले प्रदर्शनका लागि आवश्यक व्यवस्था मिलाइदिन १६ वटा जिल्लालाई पत्रिपत्र गरेको खबर राजधानी दैनिकमा छ।

मन्त्रालयले हाल ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, नुवाकोट महोत्तरीलगायतका जिल्लालाई पत्रिपत्र गरेको छ।

फाउन्डेसनको सो चलचित्रमार्फत बालमैत्री स्थानीय शासनको प्रवर्द्धन तथा विस्तार हुने जनाउँदै जिल्ला विकास समितिहरुलाई फिल्म प्रदर्शनको आवश्यक व्यवस्था मिलाउन आग्रह गरिएको छ।





Comments

comments

Leave a Reply

14860