Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अब दरबार हत्याकाण्ड भएको ठाउँ प्रत्यक्ष हेर्न पाइने

तत्कालिन राजा ज्ञानेन्द्रले २०५९ साल असारमा सप्ताह लगाएर दरबार हत्याकाण्ड भएको त्रिभुवन सदन भत्काएका थिए। त्रिभुवन सदन भत्काएपछि त्यहाँको इटालगायतका भवनमा प्रयोग हुने सामग्री फरास खानामा खाल्डो खनेर पुर्न लगाएका थिए।

तत्कालिन युवराज स्वर्गीय दिपेन्द्रको खाट र मेट्रेसलगायत केही कपडा ज्ञानेन्द्रले जलाउन लगाएका थिए। बाँकी भएका केही सामग्री नारायणहिटीको विभिन्न कक्षमा ज्ञानेन्द्रले नै राख्न आदेश दिएका थिए।

त्रिभुवन सदनको विलियार्ड हलमा हत्याकायड हुँदा बिच्छ्याइएको गलैंचामा रगत लत्पतिएको कारण सो गर्लैंचा स्टोरमै राख्न लगाइयो।

तर कुन स्टोरमा कस्तो हालतमा छ खुल्न सकेको छैन। त्रिभुवन संग्रहालय भत्काएको एक दशकपछि बल्ल भित्रुवन सदन तयार भएको खबर नेपाल समाचारपत्र दैनिकले छापेको छ।

तत्कालीन युवराज दीपेन्द्रको कोठा भने नबन्ने भएको छ। ‘हामी सामानको खोजीमा छौं,’ सबै स्टोरमा दरबार हत्याकाण्डमा भएका सामग्री खोजी गरिरहेका छौं। नारायणहिटी संग्राहलयका प्रमुख रोहितकुमार ढुंगानाले भने।





Comments

comments

Leave a Reply

14879